रौतहट, १५ असोज । बैंकिङ कसुर लगायत ११ वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहदै आएका रौतहटका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् ।
गरुडा नगरपालिका–७ भिम्डावर निवासी एवं रौतहट निर्माण व्यवसायी संघको जिल्ला अध्यक्ष समेत रही सक्नु भएका दयाराम प्रसाद साहलाई प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा देवेन्द्र कुमार कर्ण सहित ११ जनाको छुट्टाछुट्टै जाहेरीका आधारमा दर्ता भएका बैंकिङ कसुर सहित ११ वटा मुद्दामा रौतहट जिल्ला अदालतले साहलाई ३ महिना १५ दिन कैद र ५६ लाख ८२ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका साहलाई असोज १३ गते जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
साहलाई प्रहरीले पक्राउ गरेपछि फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशअनुसार उनलाई कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय रौतहट, गौर पठाइएको प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन