0
Shares
रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा रहेका पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा एक युवकको शव फेला परेका छन् ।
स्थानीय रामहरी दासका करिब २८ वर्षीय छोरा राजेश दासको शव अरबिन्द यादवको पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा आज विहान १० बजेको समयमा स्थानीयहरुले देखेपछि इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियालाई खवर गरेका थिए ।
प्रहरी नायब निरीक्षक विनोद पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले युवकको शव पोखरीबाट बाहिर निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा घटना बारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन