दसैं, तिहार र छठलाई लक्षित गर्दै रौतहटको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना, चन्द्रनिगाहपुरमा रिफ्रेस सेन्टर

0 Shares

रौतहट, २४ असोज । विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रुहरुको सहजता र सुरक्षित यात्राका लागि चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा यात्रु सहायता कक्षसंगै रिफ्रेस सेन्टर समेत सञ्चालनमा ल्याइएका हुन् ।
चाडपर्वको समयमा यात्रुहरुको अत्याधिक चाप बढ्ने र आवतजावतका क्रममा हुन सक्ने विभिन्न समस्याहरुलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्लाका चार प्रमुख स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाए ।
चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर चोक, गरुडा नगरपालिका–४ स्थित गरुडा बजार, बौधिमाई नगरपालिका–७ स्थित बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको कार्यालय अगाडि यात्रुहरूलाई लक्षित गरी रिफ्रेस सेन्टर स्थापना गरिएको छ । उक्त सेन्टरबाट यात्रुहरूलाई शुद्ध खानेपानी तथा शौचालय सहितको सुविधा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई सहजता प्रदान गर्नु, यात्राका क्रममा आइपर्ने समस्या समाधानमा सहयोग गर्नु तथा सुरक्षित यात्राका लागि आवश्यक सहजीकरण गर्नु यात्रु सहायता कक्षको मुख्य उद्देश्य रहेको बताइएको छ ।
यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टरको स्थापनाबाट दसैँ, तिहार तथा छठ मनाउन घर फर्किने र गन्तव्य तर्फ जाने यात्रुहरूलाई राहत पुग्ने उद्देश्यका साथ स्थापना गरिएको ट्राफिक इन्सपेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।