गौर भन्सारमा तस्करलाई ‘मस्ती’, सर्वसाधारणलाई सास्ती ! प्रहरीमाथि मिलेमतोको गम्भीर आरोप

0 Shares

रौतहट, २४ असोज । गौर भन्सार मुख्य नाकामा अवैध कारोबार गर्ने तस्करले सहजै सामान ओसारपसार गर्ने गरेको, तर घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारण नागरिकले भने अनावश्यक झन्झट र सास्ती खेप्नुपरेको गुनासो सार्वजनिक भएको छ ।
भन्सार क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकका अनुसार सीमा नाकामा खटिएका सुरक्षाकर्मीको चेकजाँच प्रक्रिया सर्वसाधारणका हकमा कडा देखिए पनि अवैध रूपमा सामान ओसारपसार गर्ने केही कारोबारीले भने सहज रूपमा सामान ल्याउने गरेको आरोप हो ।
यसले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था, राजस्व संकलन र निगरानीको प्रभावकारिता माथि प्रश्न उठाएको छ ।
स्थानीयको आरोप अनुसार गौर भन्सार सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रामनाथ रजकले कारोबारी सँग साप्ताहिक रूपमा रकम बुझ्ने सर्तमा सामान ओसारपसार गर्न ‘लाइन’ दिने गरेको आरोप छ । यस्तो कथित मिलेमतोका कारण बिहान–बेलुकाको समयमा राजस्व छली गरी सामान भित्रर्याउने गतिविधि हुने गरेको स्थानीयको भनाइ छ ।
सर्वसाधारणलाई केरकार, कारोबारीलाई सहजता ?
सीमा क्षेत्रमा दैनिक उपभोग्य सामग्री किनमेल गरेर घर फर्किने सर्वसाधारणले घरायसी प्रयोजनका लागि सामान ल्याउँदा समेत अनेकौँ प्रश्नको सामना गर्नुपर्ने र कतिपय अवस्थामा भन्सार प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
स्थानीयका अनुसार भन्सार क्षेत्रमा राखिएका चेकजाँच बिन्दुमा सुरक्षाकर्मीले जाँच गरेको देखिए पनि अवैध कारोबार नियन्त्रणमा प्रभावकारी निगरानी हुन नसकेको आरोप छ । उनीहरूले दैनिक रूपमा दर्जनौ कारोबारीले अवैध रूपमा सामान ओसारपसार गर्दै आएको छ ।
सीमा क्षेत्रमा हुने कारोबारको प्रकृति, सामानको परिमाण र प्रचलित भन्सार नियमअनुसार जाँच तथा राजस्व सम्बन्धी प्रक्रिया फरक हुन सक्ने भए पनि सर्वसाधारण माथि अनावश्यक दबाब र अवैध कारोबारमा संलग्नलाई छुट दिइएको हो भने त्यसको निष्पक्ष छानबिन आवश्यक देखिन्छ ।
राजस्व चुहावट नियन्त्रणमा चुनौती
नेपाल–भारत सीमासँग जोडिएको गौर भन्सार नाकामा अवैध रूपमा सामान भित्रिने गतिविधि नियन्त्रण गर्नु राजस्व संरक्षण र सीमा सुरक्षाका दृष्टिले महत्वपूर्ण विषय हो । तर, स्थानीयले उठाएका गुनासामा सत्य रहेको हुँदा यतिखेर सुरक्षाकर्मीको कार्यशैली र निगरानी संयन्त्रमाथि गम्भीर प्रश्न खडा भएको छ ।
स्थानीयले भन्सार तथा सुरक्षा निकायका सम्बन्धित अधिकारीसँग निष्पक्ष छानबिन गर्न, चेकजाँच प्रणालीलाई पारदर्शी बनाउन र अवैध कारोबारमा संलग्न जोकोही माथि कानुन अनुसार कारबाही गर्न माग उठाए ।
यस विषयमा सम्बध निकायको आधिकारिक धारणा बुझ्न खोज्दा उनीहरु संग सम्पर्क हुन सकेनन् ।
गौर भन्सार कार्यालय अघि रहेका ढाँटमा सुरक्षाकर्मीहरुको चेकजाँचको नाटक

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।