रौतहट, २६ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।
खुलातर्फबाट पौडेल र राणा विजयी हुँदा महिलातर्फबाट संग्रौलाले महामन्त्री पदमा बाजी मारेकी हुन् ।
खुलातर्फको महामन्त्रीमा पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दै विजयी भए भने राणा २ हजार ३३० मत सहित निर्वाचित भएको छ ।
राणाका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेर पराजित भएको हो । राणा र शर्माबीच जम्मा ७३ मतको झिनो अन्तर देखियो । यसले खुलातर्फको प्रतिस्पर्धालाई निकै रोचक बनाए ।
खुला तर्फका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेको बताइएको छ ।
यसैगरी, महिला तर्फको महामन्त्रीमा डिला संग्रौला ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८६४ मत प्राप्त गरिन । संग्रौला २५४ मतको अन्तरले विजयी भएको बताइएको छ ।
यस अघि अध्यक्षमा गगन थापा प्रचण्ड बहुमतबाट विजयी भईसकेका छन् भने वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएको थियो । यस्तै उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य, पुष्पा भुषाल र विनोद चौधरी निर्वाचित भएको नेपाली काँग्रेस १५ औं महाधिवेशन निर्वाचन समितिले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन