बूढीगण्डकीमा अचानक आएको भीषण बाढीको कारण हिमपहिरो, नदीको बहाव समेत थुनिएको आशंका

0 Shares

रौतहट, २६ असोज । बूढीगण्डकी नदीमा आइतबार विहान अचानक आएको भीषण बाढीको कारण हिमपहिरो वा चट्टानी पहिरो हुन सक्ने जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रले सार्वजनिक गरेको स्थिति प्रतिवेदनमा माथिल्लो क्षेत्रमा भएको व्यापक हिमपात पछि ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिएको उल्लेख गरिएको हो ।
केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषण अनुसार अक्टोबर ६ मा स्याटेलाइट तस्बिरमा बाढीको उद्गमस्थलको माथिल्लो भागमा हल्का हिउँ र चट्टानी ढलान मात्रै देखिएको थियो । तर, अक्टोबर १० तस्बिरमा उक्त क्षेत्रमा व्यापक नयाँ हिमपात भएको र त्यही उच्च भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको संकेत देखिएको केन्द्रले जनाए ।
सार्वजनिक भएका प्रतिवेदन अनुसार माथिल्लो हिमशिखरबाट सुरु भएको गाढा कालो रेखाजस्तो बहाव ठाडो खोँच हुँदै तीव्र गतिमा तलतिर बगेको स्याटेलाइट तस्बिरमा देखिन्छ । यसले हिमपहिरो वा लेदो पहिरोले आफ्नो बाटोमा रहेका वनस्पति र माटो समेत बगाएर लगेको संकेत गरेको जनाइएको छ ।
तीव्र गतिमा बगेको गेग्रान र लेदो चुम्लिङ तथा रिप्चेत नजिकै मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रले जनाए । उक्त गेग्रानको थुप्रोले तल्लो उपत्यकामा नदीको प्राकृतिक बहावमा केही समयका लागि अवरोध सिर्जना गरेको हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
केन्द्रका अनुसार गेग्रान थुप्रिने प्रक्रियाले नदीको बहाव अस्थायी रूपमा थुनिएको सम्भावना समेत देखायो । यस्तो अवस्थामा थुप्रिएको गेग्रानले नदीको बहावमा अवरोध पुर्याउँदा पानीको सतह र बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले घटनाको थप अध्ययन महत्वपूर्ण हुने देखिन्छ ।
स्याटेलाइट तस्बिर तथा भौगोलिक विश्लेषणका आधारमा केन्द्रले बूढीगण्डकीमा आएको बाढीको सम्भावित कारण हिमपहिरो वा चट्टानी पहिरो र त्यसपछि भएको गेग्रान बहावलाई मानेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।