दिल्लीमा उच्च सुरक्षा सतर्कता, ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन; निर्वाचन आयुक्त विरुद्ध विपक्षीको प्रदर्शन

0 Shares

नयाँ दिल्ली, २६ असोज । भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै विपक्षी दलहरूले सर्वोच्च अदालत सम्म विरोध रयाली निकाल्ने घोषणा गरेपछि राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
लगातार तेस्रो दिन उच्च सतर्कता अपनाइएको दिल्लीमा ३० हजार भन्दा बढी प्रहरी तथा अर्धसैनिक बललाई परिचालन गरिएको अधिकारीहरूले बताएको हो ।
‘भोट चोरी’ अन्त्य गर्नुपर्ने र प्रमुख निर्वाचन आयुक्त कुमारले राजीनामा दिनुपर्ने माग सहित विपक्षी दलहरूले सोमबार सर्वोच्च अदालत सम्म विरोध रयाली निकाल्ने घोषणा गरेका थिए । त्यसको पूर्वसन्ध्यामा राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।
साताको अन्त्यमा कुमार विरुद्ध भएका विरोध प्रदर्शनका क्रममा हजारौं मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकाहरूमा ‘कक्रोच जनता पार्टी’ का नेता तथा पूर्व मुख्यमन्त्रीहरू समेत रहेको विवरणमा उल्लेख छ ।
दिल्ली मेट्रोका ६ स्टेसनमा आवागमन प्रतिबन्ध
विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली मेट्रोका ६ वटा स्टेसनका प्रवेश तथा निकास द्वार अपराह्न ४ बजे सम्मका लागि बन्द राखिने जनाइएको छ । अनधिकृत भेला रोक्न र शान्ति–सुरक्षा कायम गर्न सहरका सीमाना, रेलवे स्टेसन, बस टर्मिनल तथा अन्य संवेदनशील स्थानमा सुरक्षा व्यवस्था थप कडा पारिएको बताइएको छ ।
दिल्ली प्रहरीका अधिकारीहरूका अनुसार सीमावर्ती नाकाहरूमा सवारी साधन जाँच तीव्र पारिएको छ । होटल, गेस्ट हाउस, लज तथा धर्मशालाहरूमा समेत निगरानी र जाँचबुझ अभियान सञ्चालन गरिएको छ ।
१२० भन्दा बढी अर्धसैनिक बलका कम्पनी परिचालन
सुरक्षा व्यवस्थापनमा दिल्ली प्रहरीलाई सहयोग गर्न केन्द्रीय सशस्त्र प्रहरी बल (सीएपीएफ) का १२० भन्दा बढी कम्पनी परिचालन गरिएको छ । नयाँ दिल्लीलाई २० वटा क्षेत्रमा विभाजन गरी संयुक्त प्रहरी आयुक्त, उपआयुक्त तथा अतिरिक्त उपआयुक्तहरूले स्थलगत निगरानी राखिएका छन् ।
विभिन्न सुरक्षा एकाइको नेतृत्व गरिरहेका विशेष आयुक्तहरूले समेत परिस्थितिको निरन्तर अनुगमन गरिरहेको अधिकारीहरूले बताए । प्रदर्शनकारीलाई संगठित गर्ने वा परिचालन गर्ने प्रयास भए–नभएको विषयमा सामाजिक सञ्जालमाथि पनि निगरानी राखिएको छ ।
निर्वाचन आयोगभित्र असहमतिको समाचार पछि प्रदर्शन
निर्वाचन आयोग भित्रको आन्तरिक मतभेद सम्बन्धी समाचार सार्वजनिक भएको केही दिनपछि ज्ञानेश कुमारविरुद्ध प्रदर्शन सुरु भएको विवरणमा उल्लेख छ ।
‘द इन्डियन एक्सप्रेस’ मा प्रकाशित समाचार अनुसार निर्वाचन आयुक्त सुखवीर सिंह सन्धु र विवेक जोशीले पछिल्लो १० महिनामा मतदाता नामावलीको विशेष सघन पुनरावलोकन लगायतका विषयमा कम्तीमा १४ पटक लिखित रूपमा असहमति जनाएका थिए ।
यसै पृष्ठभूमिमा विपक्षी दलहरूले निर्वाचन प्रक्रियाको निष्पक्षता माथि प्रश्न उठाउँदै विरोध प्रदर्शनलाई तीव्र बनाए । राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएसँगै प्रदर्शन, सार्वजनिक यातायात र दैनिक आवागमनमा पर्न सक्ने प्रभावप्रति पनि चासो बढेको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।