केवाइसी अपडेटको बहानामा अनलाइन ठगी गर्ने भारतीय नागरिक सहित ३ जना पक्राउ, अन्यको खोजी कार्य जारी

0 Shares

रौतहट, २६ असोज । बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छन् ।
जिल्ला प्रहरी कार्यालय गौरमा सोमवार आयोजित पत्रकार सम्मेलन मार्फत अनलाईन ठगी सम्बन्धी अपराधलाई सार्वजनिक गर्दै रौतहट प्रहरीका एसपी सीताराम रिजालले ठगीमा परेका पीडितहरुद्वारा दिइएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा गएको असोज २३ गते दिउसो ४ बजेको समयमा गौर नगरपालिका–३ पोखरिया टोल र ५ कोइरी टोलमा छापा मारेर त्यसमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताएका हुन् ।
अनलाईन ठगीमा संलग्न रहेका भारतको बिहार राज्यको सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही ठाउँमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहालाई आज सार्वजनिक गरियो ।
एसपी रिजालका अनुसार पक्राउ परेकाहरु माथि ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
२२ जनाको उजुरी, ४९ लाख ८७ हजार भन्दा बढीको ठगी
पत्रकार सम्मेलनमा एसपी रिजालले अनुसन्धानको क्रममा हालसम्म केवाइसी अपडेट गर्नुपर्ने भन्दै झुक्याएर ठगी गरिएको सम्बन्धमा २२ वटा उजुरी प्राप्त भएको बताए । प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ । ठगीको थप रकमबारे अनुसन्धान भइरहेको उनले भने ।
यसरी बनाउँथे सर्वसाधारणलाई ठगीको सिकार
प्रहरीले सार्वजनिक गरेका तथ्य अनुसार आरोपितहरू योजनाबद्ध रूपमा समूह बनाएर काम बाँडफाँड गर्ने गरेको खुलेको छ । उनीहरु विभिन्न मोबाइल नम्बरमा सम्पर्क गरी सम्बन्धित व्यक्तिले मोबाइल बैंकिङ प्रयोग गरे–नगरेको पत्ता लगाउने प्रयास गर्थे ।
मोबाइल बैंकिङ प्रयोग गर्ने व्यक्तिको नम्बर यकिन भएपछि आफू ई–सेवा वा बैंकको कर्मचारी भएको बताउँदै केवाइसी अपडेट गर्नुपर्ने भन्दै फोन र ह्वाट्स एप मार्फत सम्पर्क गर्ने गरेका थिए । भिडियो कल गरी मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्न लगाएर बैंकिङ विवरण प्राप्त गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाए ।
यसरी प्राप्त विवरणको प्रयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याउने र खातामा रहेको रकम आफन्त वा अन्य व्यक्तिका बैंक खाता तथा क्युआर कोडमार्फत स्थानान्तरण गर्ने गरेको गम्भीर आरोप प्रहरीको छ ।
त्यती मात्रै नभई ठगीबाट प्राप्त रकमलाई अमेरिकी डलरमा रूपान्तरण गरी विनान्स एपमार्फत स्थानान्तरण गर्ने तथा क्रिप्टो करेन्सीमा लगानी समेत भएको हुन सक्ने आशंका रौतहट प्रहरीले गरेको छ ।

नगद, मोबाइल, सिम र बैंकका चेकबुक बरामद
पक्राउ परेका व्यक्तिहरूको साथ तथा सम्बन्धित स्थानबाट प्रहरीले १ लाख ६२ हजार २१० नेपाली र ३ हजार २३६ भारतीय रुपैया बरामद गरे । सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको एसपी रिजालले भने ।
प्रहरीले रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गर्ने संवाद तथा स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापी समेत बरामद गरेको उनले बताए । प्रभु बैंकको १६ हजारको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाखको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजात समेत नियन्त्रणमा लिइएको जानकारी दिए ।
संलग्न अन्य व्यक्तिको खोजी जारी
घटनामा संलग्न मुख्य योजनाकारको तथा अन्य व्यक्तिहरूको पहिचान भईसकेको हुँदा तिनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । ठगीको रकम, रकम स्थानान्तरणमा प्रयोग भएका अन्य व्यक्ति तथा डिजिटल कारोबारको थप विवरणबारे अनुसन्धान जारी रहेको एसपी रिजालले बताए ।
एसपी रिजालले बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने भन्दै फोन गर्ने अपरिचित व्यक्तिलाई आफ्नो मोबाइलको स्क्रिन शेयर नगर्न आग्रह गर्दै ओटिपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण कसैलाई नदिन तथा कसैमाथि शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि हुने कार्य चाँडै गर्न उनले सुझाव दिए । यदी त्यस्ता ठगीको शिकार भएका व्यक्तिहरु प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।