वैदेशिक रोजगारीको प्रलोभन देखाएर साढे ८१ लाख रकम ठगी गर्ने मुख्य आरोपी काठमाडौंमा पक्राउ

0 Shares

रौतहट, ३० असोज । आकर्षक तलवको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सात जनाबाट ८१ लाख ५० हजार रकम ठगी गरेको आरोपमा फरार रहेका मुख्य आरोपी काठमाडौंबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएका सूचना अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–२ बलाहाका ४० वर्षीय सहाबुद्दिन शेखलाई प्रहरीले पक्राउ गरेका हुन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २७ गते काठमाडौं महानगरपालिका–१६, नयाँ बजारबाट पक्राउ गरिएको प्रहरीले जनाए ।
मुख्य आरोपी शेख सहित चार जनाले शेख दरखासिद अनवरले सात जनालाई वैदेशिक रोजगारीमा पठाई राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै झुटो प्रलोभन देखाएका थिए । उनीहरूले पीडितहरूलाई विश्वासमा पारी मोबाइल बैंकिङ तथा बैंकिङ कारोबार मार्फत ८१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पीडितहरुले दिएको ठगी सम्बन्धी जाहेरीका आधारमा अनुसन्धान अघि बढेपछि घटनामा संलग्न मुख्य आरोपी फरार रहेका थिए । प्रहरीले उनलाई पक्राउ गरेपछि घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।