सवारी ऐन उलंघन गर्ने १३९ मोटरसाइकल कारवाहीमा

0 Shares

रौतहट, ५ कार्तिक । सवारी ऐनको वर्खिलाप गर्ने १३९ मोटरसाइकललाई रौतहट प्रहरीले नियन्त्रणमा लिएका छन् ।
विजयादशमीको दिन ट्राफिक नियम उल्लंघन गर्दै लापरवाही पूर्वक जिल्लाको विभिन्न स्थानमा सवारी चलाएर सवारी ऐनको वर्खिलाप गरेको आरोपमा १३९ वटा मोटरसाइकललाई रौतहट प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी भएको प्रेस नोटमा जिल्ला सहित मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले कार्तिक ४ गते विजयादशमीका दिन चाडपर्वको बहानामा ट्राफिक नियम विपरीत तथा लापरवाहीपूर्वक मोटरसाइकल चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।
चाडपर्वका बेला लापरवाहीपूर्ण सवारी गुडाएर सडक दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले सुक्ष्म निगरानी राख्दै कारवाही स्वरुप १३९ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको जनाए ।
चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक नियमको पालना गराउन प्रहरी गम्भीर भएर लागेको एसपी सीताराम रिजालले बताए । सवारी चलाउँदा लापरवाही नगर्न र सम्भावित दुर्घटनाबाट बच्न प्रहरीले सवारी चालकलाई सचेत गराउदै कारवाही गरिएको उनले भने ।
प्रहरीको सक्रियता एवं सुक्ष्म निगरानीका कारण चाँडपर्वमा गम्भीर किसिमको सवारी दुर्घटना नभएको बताउदै एसपी रिजालले सवारी ऐनको पालना गरेर सिमित गतिमा सवारी साधन गुडाए जीवन सुरक्षित रहने भएको हुँदा यस तर्फ सबैले सवारी ऐनको पालना गर्न तथा गराउन कटिबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।