सेटिङमा गौर भन्सार कार्यालयबाट राजस्व चुहावटः १५ लाखको मोबाइल पार्टस गायब भएको आरोप

0 Shares

रौतहट, ५ कार्तिक । राजस्व संकलन तथा कुनैपनि अनियमिततालाई वर्दास्त गर्न नसिकने वर्तमान सरकारको नीति विरुद्ध गौर भन्सार कार्यालय को कार्यशैलीको चौतफी रुपमा आलोचना सुरु भएको छ ।
गौर भन्सार कार्यालयका प्रमुख अधिकृत विकासकुमार रजकको राजस्व चुहावट तथा बरामद सामान छाडिएको विषयलाई लिएर यतिखेर गम्भीर प्रश्न उठेको हो ।
चिनी, सवारीसाधन, मोबाइल पार्टस लगायतका विभिन्न सामानमा पदिय जिम्मेवारी विरुद्ध चलखेल गरेर विचौलिया संग मिलेर अनियमितता गर्दै आएको आरोप सार्वजनिक भएपछि उनको चौतर्फी रुपमा आलोचना भइरहेको श्रोत बताउँछन् ।
भन्सार श्रोतका अनुसार, प्रहरीले विभिन्न समयमा तस्करीको सामानहरु सहित सवारीसाधन भन्सार कार्यालयमा बुझाउने गरे पनि ती सामान आवश्यक कानुनी प्रक्रिया पूरा नगरी छाडिने गरेको दाबी गरिएको छ ।
प्रमुख भन्सार अधिकृत रजकमाथि बिचौलिया सँग मिलेर सरकारी राजस्वमा हानी नोक्सानी पुर्याएर क्षति पुर्याउदै आएको आरोप छ ।
मोबाइल पार्टस प्रकरणमा १५ लाखको सामान गायब भएको दाबी
पछिल्लो समय गौर नगरपालिका–४ बाट प्रहरीले नियन्त्रणमा लिएको मोबाइल पार्टस सम्बन्धी प्रकरणबाट उनी माथि थप प्रश्न खडा गरेको छ । स्रोतका अनुसार, बरामद गरिएका मोबाइल पाट्र्स मध्ये सक्कली सामानको सट्टा नक्कली पार्टस सेटिङमा राख्न लगाएर करिब १५ लाख बराबरको सामान भन्सारबाट गायब पारिएको आशंका गरिएको छ ।
उक्त घटनामा अधिकृत रजक सहित कार्यालयका कर्मचारी तथा बिचौलियाको संलग्नता रहेको आरोप स्रोतले लगाए । तर, सामान साटासाट सम्बध निकायले छानविन गरेपछि मात्रै पत्ता लाग्ने ति श्रोतको दाबी छ ।
भन्सार अभिलेख र बरामद सामानको छानबिन आवश्यक
सरकारी राजस्व सँग प्रत्यक्ष जोडिएको यस प्रकरणमा बरामद सामानको मुचुल्का, प्रहरीबाट भन्सारमा बुझाइएको विवरण, गोदामको अभिलेख, सामान छुटाउँदाका कागजात तथा राजस्व दाखिलाको विवरण सूक्ष्म रूपमा जाँच गर्नुपर्ने देखिन्छ ।
विशेषगरी सशस्त्र प्रहरीको एक सफल अप्रेशनबाट मोबाइल पार्टस प्रकरणमा बरामद गर्दाको सामान र भन्सारबाट छुटाइएको भनिएको सामानको विवरण तुलना गर्दा सक्कली र नक्कली पाट्र्स साटिएको दाबीको सत्यतथ्य पत्ता लगाउन सहयोग पुग्न सकिने बताइएको छ ।
स्थानीयस्तरमा यस विषयमा निष्पक्ष छानबिन गरी आरोपको सत्यतथ्य सार्वजनिक गर्न तथा संलग्नता पुष्टि हुने व्यक्तिमाथि कानुन अनुसार कारबाही गर्नुपर्ने माग उठेको छ ।
यस विषयमा गौर भन्सार कार्यालयका प्रमुख रजक संग संवाद गरेर दुधको दुध पानीको पानी छुट्याउन ९८५५०४४२२० नम्वरमा कल गर्दा उनले उठाएनन । भन्सार प्रमुखको अफिसियल नम्वर नउठेपछि यस समाचारमा उनको आधिकारिक भनाई राख्न सकिएनन । दशैंको विदा सकेपछि कार्यालय खुल्ने दिनमा उनी संग कुरा गरेर वास्तविक कुरा बाहिर ल्याउने तराई टप ले प्रतिबद्धता गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।