नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न अक्टोबर २६ देखि ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’

0 Shares

भारतका २१ पर्यटन उद्यमी सहभागी हुँदै, लुम्बिनी–रामग्राम–देवघाट–चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य

चितवन, ८ कार्तिक । नेपालका पर्यटकीय गन्तव्यलाई भारतीय बजार सम्ममा प्रवद्र्धन गर्दै दुई देशबीच पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत सीमापार पर्यटन सम्पर्क २०२६ आयोजना हुन लागेको छ ।
भोली अक्टोबर २६ देखि २८ सम्म सञ्चालन हुने उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसीसी) र ‘समृद्ध चितवन अभियान’ को संयुक्त आयोजनामा हुन लागेको हो ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यक्रम संयोजक तथा प्रवक्ता सोमनाथ सापकोटाका अनुसार, ‘सीमाहरू जोड्दै, मित्रता बढाउँदै र पर्यटन प्रवद्र्धन गर्दै’ भन्ने नारासहित आयोजना हुने यस कार्यक्रमले नेपाल र भारतका पर्यटन व्यवसायी बीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य
कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रचारप्रसार गर्नु, नेपाली तथा भारतीय पर्यटन व्यवसायी बीच सहकार्य बढाउनु र नेपाली पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु रहेको सापकोटाले बताए ।
उनका अनुसार नेपालमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटनको प्रचुर सम्भावना छ । यी क्षेत्रको व्यवस्थित प्रवद्र्धन गर्न सके ठूलो संख्यामा भारतीय पर्यटक आकर्षित गर्न सकिने छ ।
‘पर्यटन प्रवद्र्धन केवल प्रचार सामग्री वितरण गरेर सम्भव हुँदैन । भारतीय पर्यटकलाई नेपाली गन्तव्य सम्म ल्याउने, होटल तथा रिसोर्टका सेवा–सुविधाबारे प्रत्यक्ष जानकारी दिने र पर्यटन व्यवसायी बीच व्यावसायिक साझेदारीको आधार तयार गर्ने प्रमुख काम आवश्यक रहेको,’ सापकोटाले बताए ।
भारतका २१ पर्यटन प्रतिनिधि सहभागी हुने
कार्यक्रममा भारतका विभिन्न सहरबाट २१ जना पर्यटन उद्यमी तथा प्रतिनिधि सहभागी हुने सापकोटाले जानकारी दिए ।
सहभागीहरूले नेपाली पर्यटन उद्यमी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवाला सँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्नेछन् । यसबाट नेपालका पर्यटकीय गन्तव्यबारे भारतीय पर्यटन व्यवसायीलाई जानकारी गराउनुका साथै संयुक्त पर्यटन प्याकेज निर्माण र पर्यटक आवागमन वृद्धि गर्ने सम्भावनाको खोजी गरिनेछ ।
व्यावसायिक भेटघाट, पर्यटकीय स्थलको अवलोकन भ्रमण तथा भविष्यमा नियमित पर्यटक आगमन बढाउने रणनीतिबारे छलफल हुने जनाइएको छ ।
लुम्बिनी देखि चितवन सम्म एउटै पर्यटन सर्किट बनाउने योजना
यस कार्यक्रमको अर्को महत्वपूर्ण लक्ष्य लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्नु रहेको छ ।
सापकोटाका अनुसार, यी क्षेत्रलाई एकीकृत पर्यटन सञ्जालमा आबद्ध गर्न सके धार्मिक, सांस्कृतिक, आध्यात्मिक तथा प्राकृतिक पर्यटनको संयुक्त प्रवद्र्धन गर्न सकिन्छ । यसले पर्यटकलाई एउटै यात्रामा विभिन्न गन्तव्यको भ्रमण गर्ने अवसर दिनुका साथै स्थानीय होटल, रिसोर्ट, यातायात तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
क्षेत्रीय पर्यटन सहकार्य विस्तारका लागि भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालाई पर्यटन सञ्जालमा जोड्ने सम्भावना समेत अघि सारिएको छ।
नेपाल–भारतबीचको भौगोलिक निकटता, धार्मिक सम्बन्ध, सांस्कृतिक समानता र सहज आवागमनको सम्भावनालाई पर्यटन विकासमा उपयोग गर्न सके नेपालका लागि भारतीय बजार महत्वपूर्ण अवसर बन्न सक्ने आयोजकले विश्वास लिएको छ ।
यस कार्यक्रमको मार्फत पर्यटन व्यवसायी बीच दीर्घकालीन सहकार्यको आधार तयार पार्दै भारतीय पर्यटकको आगमन वृद्धि गर्ने, स्थानीय पर्यटन अर्थतन्त्रलाई चलायमान बनाउने र नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।