रौतहट, ८ कात्तिक । रौतहटको मुख्य नाका गौर आसपासका क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्रर्याउँदै गरिएको कपडाको एउटा पोका सशस्त्र प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बरामद कपडालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, गौर गुल्मबाट खटिएको टोलीले भारतबाट टाउकोमा कपडाको पोका बोकेर ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको बताइएको छ ।
सशस्त्र प्रहरीले कपडाको पोका सहित एक युवतीलाई नियन्त्रणमा लिइएको थियो । उनलाई पहिलो पटक भएकाले चेतावनी दिएर छाडिएको छ । बरामद कपडाको मूल्य करिब ८० हजार रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीका डीएसपी दुर्गाप्रसाद भट्टका अनुसार बरामद कपडा आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैबीच, सशस्त्र प्रहरीले करिब ९५ हजार मूल्य बराबरको भारतीय अखाद्य पेय पदार्थ समेत नियन्त्रणमा लिएर नष्ट गरेको छ । उपभोगका लागि अनुपयुक्त ठहरिएका ती पेय पदार्थलाई जमिनमा खन्याएर नष्ट गरिएको डीएसपी भट्टले जानकारी दिए ।
सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको जनाए ।
स्मरणीय रहोसः कपडा बरामद र अखाद्य पेय पदार्थ नष्ट गर्ने घटनाले सीमा क्षेत्रमा अवैध आयात नियन्त्रण तथा उपभोक्ताको स्वास्थ्य सुरक्षासम्बन्धी चुनौतीलाई पुनः उजागर गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन