सर्लाहीमा ईभी र केमिकल बोकेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ११ जना घाइते

0 Shares

सर्लाही, ८ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिवार ११ः४० बजे काृ समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश ०१–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा उक्त घटना भएका हुन् ।
दुर्घटनाको खबर पाउना साथ तत्कालै प्रहरी चौकी फूलजोरबाट प्रहरी सहायक निरीक्षक रामनरेश साहको कमान्डमा ट्राफिक प्रहरी सहितको टोली तथा इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरुको उद्धार गरिएको थियो ।
दुर्घटनामा ईभीमा सवार १२ जना घाइते भएका थिए । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दी स्थित मोडल अस्पताल पठाइएको थियो ।
घाइतेहरु मध्ये बाराको सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको थियो । टाउको, हात र खुट्टामा चोट लागेको हुँदा उनलाई थप उपचारका लागि दिउँसो २ बजे बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पताल पठाइएको थियो । उपचारकै क्रममा साँझ ४ः४५ बजे मृत्यु भएको सर्लाही प्रहरीले जनाए ।
दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, महागढीमाई नगरपालिका–९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम, ४० वर्षीय राजदेव राम, ४० वर्षीय विनोद राम र ४७ वर्षीय रुदल राम घाइते भएको जनाइएको छ ।
सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र ३७ वर्षीय उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढ गाउँपालिका–४ का ४० वर्षीय नवलकिशोर राम घाइते भएको थियो ।
सर्लाही प्रहरीको प्रेस नोटमा घाइतेमध्ये केहीको अवस्था सामान्य, केहीको मध्यम र रञ्जित रामको अवस्था गम्भीर थियो । ईभी चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको प्रहरीले जनाए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।