रौतहट, ९ कार्तिक । रौतहटको परोहा नगरपालिका–१ जिगडवा गाउँमा मंगलबार एकदिने बृहत् निःशुल्क आँखा परीक्षण शिविर आयोजना हुदैछ ।
आँखा शिविर मार्फत स्थानीय बासिन्दालाई आँखाको परीक्षण तथा आवश्यक उपचार सम्बन्धी सेवा उपलब्ध गराइने छ ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल, पुरेनवाको प्राविधिक सहयोग एवं तराई टप, उज्यालो टिभीको समन्वय तथा प्रचार प्रसारमा शिविर सञ्चालन हुन लागेको हो ।
जिगडवा स्थित अकबर प्राथमिक विद्यालयमा भोली विहान ९ देखि ३ बजे सम्म आयोजना हुने शिविरमा सहभागी भई आफ्नो आँखाको परीक्षण गराउन गौर आँखा अस्पतालले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई आग्रह गरेका छन् ।
शिविरमा परीक्षणका क्रममा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई छनोट गरी अस्पतालसम्म निःशुल्क ल्याउने र शल्यक्रिया पनि निःशुल्क गरिने कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना हुन लागेको शिविरबाट स्थानीय बासिन्दाले लाभ लिन सक्ने अपेक्षा गरिएको छ । अस्पतालले समयमै आँखाको परीक्षण गराई आवश्यक उपचार सेवा लिन सबैलाई आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन