हेटौंडा, ९ कार्तिक । कारको चारवटै ढोकामा गोप्य ‘फल्स बटम’ बनाएर चाँदी जस्तो देखिने धातु लुकाएर लैजादै गरेको अवस्थामा मकवानपुर प्रहरीले प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट प्रहरीले १४ किलो १८० ग्राम चाँदी जस्तो देखिने सेतो धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।
भारतको रक्सोल निवासी ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी २० वर्षीया भान्जी नन्दनी कुमारी साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
मकवानपुर प्रहरीका अनुसार आइतबार दिउँसो दिउसो ३ः१५ बजे प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमान्डमा खटिएको टोलीले कार जाँच गर्ने क्रममा धातु फेला पारेको थियो ।
भारतको रक्सोलबाट काठमाडौ तर्फ जाँदै गरेका बा २ च ७०७९ नम्बरको कारको जाँच गर्दा चारवटै ढोकाको भित्री भागमा गोप्य ‘फल्स बटम’ बनाएर धातु लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाए ।
बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको प्रहरीले जनाउदै उक्त धातु चाँदी हो वा होइन भन्नेबारे आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।
बरामद धातुसहित कारमा सवार चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । प्रहरीले घटनामा सम्भावित तस्करीको आशंकामा थप अनुसन्धान अघि बढाएको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन