रौतहट, ९ कार्तिक । रौतहटको गरुडा नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुख पदमा रंगीला देवी जयसवालले उम्मेदवारी दिने तयारी गरेसँगै उनको राजनीतिक भूमिकालाई लिएर चर्चा सुरु भएको छ ।
नगरपालिकामा सुशासन, विकास निर्माण र आर्थिक पारदर्शिताको विषयलाई प्रमुखताका साथ उठाउँदै जयसवाललाई नगरप्रमुखका रूपमा अघि सार्नुपर्ने आवाज समर्थकहरूले उठाएको हो ।
उनीहरूले उपप्रमुखका रूपमा पहिलो कार्यकालमा गरेका कामलाई निरन्तरता दिन तथा नगरको समग्र विकासलाई गति दिन जयसवालको नेतृत्व आवश्यक रहेको दाबी गरेका छन्।
समर्थकहरूले नगरपालिकामा विद्यमान भरिएका बेथिति, विकृति र आर्थिक अनियमितताका विषयलाई सम्बोधन गर्दै पारदर्शी प्रशासन र जवाफदेही स्थानीय सरकार निर्माण गर्नुपर्नेमा जोड दिए । साथै, नगरपालिकाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउँदै परिवारका सदस्य एवं नगरप्रमुखका छोराले अनौपचारिक रूपमा प्रशासन सञ्चालन गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनीहरूको भनाइ छ ।
महिलाको नेतृत्वले स्थानीय शासनमा नयाँ दृष्टिकोण ल्याउन सक्ने उल्लेख गर्दै समर्थकहरूले नगरप्रमुख पदमा जयसवालको सम्भावित उम्मेदवारीलाई अवसरका रूपमा हेरेका छन् । उनीहरूको बुझाइमा महिलाको नेतृत्व मार्फत विकास, सुशासन र सामाजिक समावेशिताका क्षेत्रमा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्छ ।
आगामी निर्वाचनमा उनको सम्भावित उम्मेदवारी र नगरवासीको समर्थनले गरुडाको स्थानीय राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्न सकिने भएको हुँदा अन्य दलको उम्मेदवारहरुमा कौतुहल्ता सुरु भएको महसुस गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन