मधेशमा नयाँ सत्ता समीकरणको कसरत तीव्र, एमाले–जसपा–जनमत मिल्दा ६२ सांसदको समर्थन

0 Shares

मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीसँगको छलफललाई तीव्र बनाएको छ ।
तीनै दलबीच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा सकारात्मक संवाद भइरहेको नेताहरू निकट श्रोतहरुले बताएको हो ।
कृष्णप्रसाद यादवको नेतृत्वमा रहेका वर्तमान सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र जनताले सरकारको कामको अनुभूति गर्न नसकेको आरोप लगाउँदै एमाले सरकारबाट बाहिरियो । एमालेका मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले अब अन्य दलसँग सहकार्य गरेर नयाँ सरकार गठन गर्ने प्रयास भइरहेको बताए ।
उनका अनुसार मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा चार–पाँच महिना सहभागी हुँदा पनि सहमति कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिने निर्णय गरियो । सरकारको कार्यशैलीप्रति जनस्तरमा असन्तुष्टि बढेको निष्कर्ष सहित एमालेले नयाँ राजनीतिक विकल्पको खोजी थालेको उनले बताए ।
एमाले नेता यादवले पार्टी अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच नयाँ सरकार गठनबारे एक चरणको छलफल भइसकेको दाबी गरे । प्रदेश तहमा पनि जसपा नेपाल र जनमत पार्टीसँग संवाद भइरहेको बताउँदै उनले तीनै दल सरकार गठनका लागि सकारात्मक देखिएको उल्लेख गरे ।
चाडपर्व सकिएपछि सहमतिलाई अन्तिम रूप दिने गरी छलफल अघि बढाइने एमालेको भनाइ छ । संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्ने सम्भावनालाई ध्यानमा राखेर गृहकार्य भइरहेको भए पनि नेतृत्व कसले गर्ने भन्ने विषयमा औपचारिक सहमति जुटिसकेको छैन ।
मुख्यमन्त्रीमा जसपा नेपालको दाबी
जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले पनि एमाले, जसपा नेपाल र जनमत पार्टी बीच नयाँ सरकार गठनबारे छलफल भइरहेको पुष्टि गरे ।
तीनै दलका अध्यक्षबीच केन्द्रबाटै सहमति जुटाउने समझदारी बनेको उल्लेख गर्दै उनले प्रदेशसभामा आफ्नो पार्टी सबैभन्दा ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व जसपा नेपालले पाउनुपर्ने दाबी गरे ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किएपछि सरकार गठन सम्बन्धी सहमति जुटाउने प्रयास थप अघि बढ्ने उनको भनाइ छ । वर्तमान सरकार २९ गते सम्म कायम रहने र त्यसअघि नै तीन दलबीच सहमति जुटाउने प्रयास भइरहेको उनले बताए ।
६२ सांसदको समर्थन जुट्ने सम्भावना
गत असोज ३० गते एमाले तीन दलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको छ । तथापी, नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा दलहरूको सिट संख्या यस्तो छः
नेपाली कांग्रेस — २२
नेकपा एमाले — २३
जसपा नेपाल — २७
नेपाली कम्युनिस्ट पार्टी — १५
जनमत पार्टी — १२
संघीय समाजवादी पार्टी — १
राष्ट्रिय प्रजातन्त्र पार्टी — १
सिट संख्याका आधारमा एमाले, जसपा नेपाल र जनमत पार्टीबीच गठबन्धन बनेमा उनीहरूको कुल संख्या ६२ पुग्छ । यो सरकार गठनका लागि आवश्यक बहुमत भन्दा आठ सांसद बढी हो ।
नेतृत्व र शक्ति बाँडफाँडमा पेच
सांसद संख्याका हिसाबले नयाँ गठबन्धनले सहजै बहुमत जुटाउन सक्ने देखिए पनि सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँट मुख्य चुनौती बन्न सक्ने देखिएको छ ।
जसपा नेपालले सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री पदमा दाबी गरिरहेको छ भने एमाले र जनमत पार्टीको भूमिका पनि अन्तिम समीकरण निर्धारण गर्नेछ ।
तीनै दलबीच औपचारिक सहमति भइनसकेकाले मधेश प्रदेशको आगामी सत्ता समीकरण अझै टुंगोमा पुगेको छैन । बहुमत जुटाउने अंकगणित अनुकूल देखिए पनि नेतृत्वको सहमति र शक्ति बाँडफाँडमा हुने निर्णयले प्रदेशको नयाँ राजनीतिक दिशा तय गर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।