गुवाहाटी (आसाम), १० कार्तिक । भारतको आसाम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
होटलका मालिक र भाडामा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादपछि गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका हुन् ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोड स्थित होटल बिलास इनमा हिंसक घटना भएको बताइएको छ । उक्त होटल आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा अवस्थित रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रहरी आयुक्त पार्थ सारथी महन्तलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले ६ जनालाई गोली लागेकोमा पाँच जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको जनाए ।
समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी आयुक्त महन्तका अनुसार गोली प्रहारमा लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोल प्रयोग गरिएको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको हतियार समेत बरामद गरेको जनाए । होटलको स्वामित्व र सञ्चालन सम्बन्धी विवाद नै गोलीकाण्डको मुख्य कारण भएको प्रारम्भिक विवरण आए पनि घटनाको विस्तृत कारण र पक्राउ परेका व्यक्तिको भूमिकाबारे थप अनुसन्धान जारी रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन