आन्ध्र प्रदेश (भारत), ११ कार्तिक । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आएको ‘अर्नाब’ (Arnab) चक्रवात जमिनमा प्रवेश गरिसकेको भारतीय मौसम विज्ञान विभाग (IMD)ले जनाएको छ ।
समुद्री चक्रवातका कारण हवाई सेवा प्रभावित भएको छ भने प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाएको हो ।
भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात आन्ध्र प्रदेश र यानमको तट हुँदै यानमको दक्षिण–पश्चिम क्षेत्रमा जमिनमा प्रवेश गरेको छ । विभागले नरसापुरबाट करिब २० किलोमिटर पूर्व–उत्तरपूर्व, यानमबाट ४० किलोमिटर दक्षिण–पश्चिम र काकिनाडाबाट ६० किलोमिटर दक्षिण–पश्चिममा चक्रवातले जमिन छोएको जनाए ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुले बुधबार सम्म चक्रवातका कारण कुनै मानवीय क्षति भएको जानकारी प्राप्त नभएको बताए । प्रशासनले समयमै अपनाएका पूर्वसावधानीका उपायका कारण मानवीय क्षति हुन नपाएको बताए ।

विशाखापटनमका ३८ उडान रद्द
चक्रवातको प्रभावका कारण विशाखापटनम विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । विमानस्थलको उडान विवरणअनुसार बुधबार साँझ ६ः१५ बजेसम्मका लागि निर्धारित ३८ वटा उडान रद्द भएको हो ।
रद्द भएका उडानमध्ये १९ वटा आगमन र १९ वटा प्रस्थानका उडान छन् । यसमा बैंकक र अबु धाबीसँग जोडिएका अन्तर्राष्ट्रिय उडान समेत समावेश छन् ।
त्यस्तै, इन्डिगो एयरलाइन्सले राजमुन्द्री, विजयवाडा र विशाखापटनम आउने–जाने आफ्ना उडानहरू प्रभावित हुन सक्ने जनाए । कम्पनीले यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरे । चक्रवातका कारण तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले मौसमको अवस्थाअनुसार आवश्यक सतर्कता अपनाउनुपर्ने राज्य सरकारले आम नागरिक संग आग्रह गरेका छन् ।
आगमन रद्द गरियो
अन्तर्राष्ट्रिय: बैंककबाट IX 903, अबु धाबीबाट 6E 1443
दिल्ली: 6E 5319, QP 1841, AI 1707
हैदराबाद: 6E 714, 6E 879, 6E 208
बेंगलुरु: 6E 217, 6E 969
मुम्बई: 6E 5317; चेन्नई: 6E 557; कोलकाता: 6E 616; पोर्ट ब्लेयर: 6E 2698
पुणे: IX 2401; कोइम्बटूर: 6E 6181; तिरुपति: 6E 7701; विजयवाडा: 6E 7731; जेपुर: I7 105
रद्द गरिएका प्रस्थानहरू
अन्तर्राष्ट्रिय: 6E 1444 अबु धाबी सम्म
दिल्ली: 6E 2216, QP 1842, AI 1805
हैदराबाद: IX 2402, 6E 716, 6E 6645, 6E 883
बेंगलुरु: IX 2065, 6E 218, 6E 2772
चेन्नई: 6E 845, 6E 644, 6E 731
मुम्बई: 6E 6029; कोलकाता: 6E 617; तिरुपति: 6E 7702; विजयवाडा: 6E 7730; जेपुर: I7 205
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन