रौतहट, १३ कार्तिक । रौतहटमा ट्रेक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडक खण्डमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको हो ।
विहिवार साँझ करिब ६ः३० बजेको समयमा दुधिअवाबाट बालचनपुर तर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्रेक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधिअवाबाट प्रहरी सहायक निरीक्षक नरेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–४ पोखरभिण्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी रहेका थिए ।
उनी इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा कार्यरत थिए । मोटरसाइकलको पछाडि उनकी ३० बर्षीया श्रीमती प्रहरी जवान निशा खड्का सवार थिइन् ।
दुर्घटनामा दुवै जना गम्भीर घाइते भएपछि उपचारका लागि एम्बुलेन्समार्फत वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा हिजो राति ८ः१० बजेको समयमा प्रहरी जवान चौधरीलाई मृत घोषणा गरे ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती निशा खड्काको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाए ।
ट्रेक्टर प्रहरी नियन्त्रणमा रहेको छ भने चालकलाई नियन्त्रणमा लिन प्रहरी प्रयासरत रहेको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन