जनकपुरधाम, १३ कार्तिक । मधेश प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८३–८४ देखि चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने तयारीमा जुटेका छन् ।
यस अन्तर्गत पहिलो चौमासिकको आर्थिक कारोबारको लेखापरीक्षण आगामी मंसिर महिना देखि सुरु हुने भएका हुन् ।
अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेट मार्फत अघि सारेको व्यवस्था अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरधामले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम लेखापरीक्षण प्रक्रिया अगाडि बढाएको छ ।
कार्यालयले प्रदेश सरकार अन्तर्गतका सचिवालय, मन्त्रालय, आयोग, प्रतिष्ठान, निर्देशनालय, बोर्ड, परिषद्, केन्द्र तथा विभिन्न इकाईहरूलाई पत्राचार गर्दै पहिलो चौमासिकको आर्थिक कारोबारको विवरण व्यवस्थित राख्न र लेखापरीक्षणका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत बब्लु कुमार झाका अनुसार पहिलो चौमासिकमा भएका सम्पूर्ण आर्थिक कारोबार, आम्दानी तथा खर्चको विवरण दुरुस्त राखी तोकिएको समयमै आन्तरिक लेखापरीक्षण गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।
यसअघि प्रदेश सरकारका सरकारी निकायहरूको आन्तरिक लेखा परीक्षण वार्षिक रूपमा हुँदै आएको थियो । तर, आर्थिक कारोबारमा पारदर्शिता बढाउने, खर्चको नियमित अनुगमन गर्ने तथा वित्तीय अनियमितता समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले अर्थमन्त्री भट्टराईले बजेट मार्फत वार्षिक लेखापरीक्षणको व्यवस्थालाई चौमासिक प्रणालीमा रूपान्तरण गर्ने प्रस्ताव अघि सारेका थिए ।
प्रस्तावित व्यवस्था प्रदेशसभाबाट पारित भएपछि कार्यान्वयनमा ल्याउन लागिएको अर्थमन्त्री भट्टराईको निजी सचिवालयले जनाए । चौमासिक लेखापरीक्षण प्रणाली कार्यान्वयनमा आएसँगै प्रदेश सरकारका निकायहरूको आर्थिक गतिविधिमा नियमित निगरानी बढ्ने, बजेट खर्चको अवस्था समयमै मूल्याङ्कन गर्न सहज हुने र सार्वजनिक स्रोतको दुरुपयोगलाई नियन्त्रण गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन