२ अर्ब १६ करोडको अवैध क्रिप्टो कारोबारः धनुषाका २८ वर्षीय युवक प्रहरीद्वारा पक्राउ

0 Shares

साँकेतिक तस्वीर
रौतहट, १३ कार्तिक । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन बेटिङ विरुद्ध प्रहरीले ठूलो सफलता पाएका छन् ।
प्रहरीले २ अर्ब १६ करोड भन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनुषाका एक २८ वर्षीय युवक पक्राउ गरेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको सबैला नगरपालिका–१२ निवासी २८ वर्षीय सुनीलकुमार यादवलाई पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । अवैध डिजिटल मुद्रा कारोबारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा उनलाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको प्रहरीले जनाए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यादवले विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन प्रयोग गरी क्रिप्टोकरेन्सी, विशेषगरी यूएसडीटी को कारोबार गर्दै आएका थिए ।
अपराध अनुसन्धान कार्यालयले यादवको बाइनान्स खाता माथि अनुसन्धान गर्दा कारोबारको ठूलो परिमाण फेला पारेको हो । उनको खाता मार्फत कुल २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।
यति ठूलो रकमको डिजिटल कारोबार सार्वजनिक भएपछि प्रहरीले यसमा संलग्न अन्य व्यक्ति तथा सम्भावित समूहको खोजीसमेत अघि बढाएको छ । कारोबारमा प्रयोग भएको रकमको स्रोत, त्यसको प्रयोजन तथा यसमा संलग्न सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
पक्राउ परेका यादवलाई प्रहरीले काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराएको थियो । अदालतबाट थप अनुसन्धानका लागि म्याद थपको अनुमति प्राप्त भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ लगायत गतिविधिलाई गैरकानुनी घोषणा गर्दै पटक–पटक सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने व्यवस्था छ ।
पछिल्लो समय नेपाल प्रहरीले अवैध डिजिटल मुद्रा कारोबार, अनलाइन सट्टेबाजी तथा डिजिटल वित्तीय अपराध विरुद्ध निगरानी र अनुसन्धानलाई तीव्र बनाएको छ । धनुषाका यादवको पक्राउ र उनको खाताबाट खुलेको अर्बौं रुपैयाँको कारोबारले नेपालमा भइरहेको अवैध डिजिटल वित्तीय गतिविधिको ठूलो परिमाण उजागर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।