एक महिनाभित्रै सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा प्रारम्भ गरनेः प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

0 Shares

रौतहट, १६ कार्तिक । प्रधानमन्त्री बालेन शाहले आगामी एक महिना भित्र देशभरीका सबै स्थानीय तहबाट भूमि प्रशासन सम्बन्धी सेवा प्रबाह गर्ने घोषणा गरेका छन् ।
जग्गा सम्बन्धी सेवा लिन सदरमुकाम तथा टाढाका सरकारी कार्यालय धाउनुपर्ने बाध्यता चिर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले जनमुखी निर्णय गर्दै जनतालाई अनावश्यक झन्झटबाट मुक्ति दिलाउने निर्णय गरेका हुन् । प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत हाल ३३ वटा स्थानीय तहबाट सञ्चालन भइरहेको भूमि प्रशासन सम्बन्धी सेवा आउदो एक महिनाभित्र सबै स्थानीय तहमा विस्तार गरिने जानकारी दिएका हुन् ।
सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने विषयलाई प्राथमिकतामा राखेको थियो ।
प्रधानमन्त्री शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेको व्यवस्था अनुसार भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म नै राज्य र नागरिक बीचको दूरी घटाउनु रहेको उल्लेख गर्दै सरकारी सेवा लिन नागरिक टाढाका कार्यालय सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
बाँकी रहेका सबै स्थानीय तहबाट समेत आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले स्पष्ट पारे । यसका लागि स्थानीय तहलाई आवश्यक पर्ने प्राविधिक, प्रशासनिक तथा अन्य सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले बताए ।
सरकारको यो पहल कार्यान्वयनमा आए स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोग गर्न पाउने छन् । साथै जग्गा सम्बन्धी सेवा लिन नागरिकले भोग्दै आएको झन्झट, समय र खर्च घट्ने तथा भूमि प्रशासन र नापी सम्बन्धी सेवा थप सहज र नागरिक मैत्री बन्ने अपेक्षा गरिएको छ ।
भूमि प्रशासनको अधिकार केन्द्रमा सीमित नराखी स्थानीय तहसम्म पुर्याउने सरकारको यो निर्णयलाई संघीयताको व्यावहारिक कार्यान्वयन तर्फको महत्वपूर्ण कदमका रूपमा प्रधानमन्त्री शाहले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।