सर्लाही, १७ कार्तिक । सर्लाही सदरमुकाम भएर सीमापारी सोनवर्षा तर्फ जाने दशगज्जा क्षेत्रमा सामान्य झरीमा समेत पानी जम्नाले उक्त बाटो भएर हिड्ने यात्रुहरु बर्षौ देखि सास्ती खेप्दै आएका छन् ।
नेपाल–भारत सीमास्थित मलंगवा–सोनवर्षा मुख्य नाका (हनुमान चोक) मा सामान्य अकाशे पानी परेपछि जलमग्न हुने समस्याबाट सीमावर्ती क्षेत्र भएर आउजाउ गर्ने दुबै देशका नागरिकले सास्ती खेप्नुपरेका हुन् ।
वर्षा हुनासाथ दशगजा क्षेत्रमा एक देखि दुई फिट सम्म पानी जम्ने गरेपछि नेपाल र भारतबीच आवतजावत गर्ने सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेपनि दुबै देशका सम्बध निकायहरु कानमा तेल हालेर चिर निन्द्रामा सुतेको कारण नगरिकको समस्या समाधान हुन सकेको छैनन ।
मलंगवा नगरपालिका–८ स्थित उक्त नाकामा पानी जमेर पोखरीजस्तै बनेपछि पैदल यात्रुदेखि साइकल, मोटरसाइकल तथा मालवाहक सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ । दैनिक सयौँ मानिस ओहोरदोहोर गर्ने मुख्य नाकामै एक देखि दुई फिटसम्म पानी जम्दा यात्रुहरू हिलाम्मे र भिज्दै सीमा पार गर्नुपर्ने बाध्यता रहेको हो ।
यस विषयमा नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कंयौं पटक ध्यानाकर्षण पत्र बुभाइसकेको तर अहिले सम्म कुनै सुनवाई एवं उक्त क्षेत्रमा पानी जम्ने समस्याबाट नागरिकहरु मुक्ति पाउन सकेका छैनन् ।
दशगजा क्षेत्र (नो म्यान्स ल्यान्ड) मा पर्ने भएकाले भारतीय पक्षको सहमति बिना त्यहाँ कुनै संरचना निर्माण गर्न नसकिने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन