रौतहट, १७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मन्त्रि परिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरू विरुद्ध विशेष अदालतमा आरोप पत्र पेस गरेको छ । आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो असुलउपर गर्न मागदाबी गर्दै मुद्दा दायर गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
भ्रष्टाचार मुद्दा दायर हुनेमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ समेत रहेका छन् । त्यस्तै, सवारी दुर्घटनापछि त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नामसमेत आरोपपत्रमा समावेश गरिएको छ ।
यस्तै पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटा विरुद्ध पनि मुद्दा दायर गरिएको आरोप पत्रमा उल्लेख छ ।
शाखा अधिकृत बलराम निरौला, भूमि व्यवस्था विभागका महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीस लगायतका व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ ।
सार्वजनिक जग्गा गैरकानुनी रूपमा छुट दर्ता गराउने प्रक्रियामा संलग्न रहेको आरोपमा अख्तियारले ९७ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा पेस गरेको छ ।
स्मरणीय रहोस, इमान्दार नेताको छवी बनाएर देशको अहित हुने निर्णय गराएर अकुत सम्पत्ती कमाएपनि आखिरकार भ्रष्टाचार गरेको आरोप लागेर आरोप पत्र दर्ता हुने नेपाल पहिलो प्रधानमन्त्री भईसकेका व्यक्ति हुन् । जनताको सम्पत्तीलाई दुरुपयोग गर्ने जुनसुकै व्यक्तिलाई कानुनी दायरमा ल्याउनुपर्ने देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन