रौतहट, १७ कार्तिक । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफनो कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका हुन् । भारतीय विदेश मन्त्रालयले गत असोजको अन्तिम सातामा नविन श्रीवास्तवको स्थानमा उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउनुअघि नै दलेला राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेको मिडिया रिपोर्टमा उल्लेख छ ।
दलेला यसअघि भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिवस्तरमा कार्यरत करिअर कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको छ ।
सन् २०२५ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्दै आएका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरिसकेका छन् ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन