रौतहट, १९ कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले विहिवार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।
भेटमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी तथा भ्रमणका क्रममा उठाइने एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएका हुन् ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमणको शिलशिलामा विदेश सचिव मिश्री बुधबार काठमाडौं आइपुगेको छ ।
नेपाल आगमनलगत्तै उनले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तथा परराष्ट्र सचिव अमृत राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्तामा नेपाल–भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्यका सम्भावित क्षेत्र तथा प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उठाउन सकिने महत्वपूर्ण विषयहरू बारे छलफल भएको बताइएको छ ।
भारतीय विदेश सचिव मिश्रीको यस भ्रमणलाई प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी र दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन