काठमाडौं, १९ कार्तिक । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर शक्तिहरूको साझा मोर्चा (पापड) लाई सक्रिय बनाउँदै चरणबद्ध आन्दोलन घोषणा गर्ने तयारीमा जुटेका छन् ।
मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयमा महासंघले काठमाडौंमा विहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमले सरकारका पछिल्ला कदमविरुद्ध संगठित रूपमा आवाज उठाउने निष्कर्ष निकालेका हुन् ।
अन्तरक्रियाले प्रेस काउन्सिल सम्बन्धी अध्यादेश एकपक्षीय रहेको र त्यसबारे सरोकारवाला सँग आवश्यक छलफल नगरिएको ठहर गर्दै उक्त विधेयक फिर्ता लिन राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय समेत गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
केही दिनअघि पत्रकारहरूमाथि भएका धरपकड तथा गिरफ्तारीका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न महासंले माग गरे । साथै, प्रेस स्वतन्त्रता सम्बन्धी विद्यमान अवस्थाबारे प्रधानमन्त्री, मन्त्रीहरू तथा राजनीतिक दलहरूको ध्यानाकर्षण गराउने निर्णय गरे ।
महासंघले संसदमा विधेयकविरुद्ध प्रतिवादको वातावरण निर्माण गर्न सांसदहरू सँग बहस तथा पैरवी गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेका अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउने र जेनजी अगुवाहरू सँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत अघि बढाउने जनाए ।
कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले र डा. महेन्द्र विष्ट, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल तथा सल्लाहकार रमेश विष्टले आ–आफ्ना धारणा राखेका थिए ।
त्यसैगरी नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्र, राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी तथा वरिष्ठ पत्रकार बबिता बस्नेत लगायतले प्रेस स्वतन्त्रता, संविधानको संरक्षण र आमसञ्चार क्षेत्रका चुनौतीबारे विचार व्यक्त गरेका थिए ।
महासंघले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप विरुद्ध पत्रकार, नागरिक समाज, कानुन व्यवसायी तथा लोकतन्त्रका पक्षधर शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन