जनकपुरधाम, १९ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा शुभारम्भ गर्ने तयारी गरिएको बहुप्रतीक्षित जनकपुरधाम–अयोध्या रेल सेवाको विहिवार परीक्षण गरिएको छ ।
भारत विहारको हाजीपुरबाट १७ वटा बोगीसहित आएको ब्रोडगेज रेलले धनुषाको कुर्था रेल्वे स्टेसनसम्म परीक्षण यात्रा गरेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीले जानकारी दिएको हो ।
हाजीपुर रेल्वेका एरिस्टल जनरल म्यानेजर अमरेन्द्र कुमारको नेतृत्वमा आएको ६७ सदस्यीय प्राविधिक टोलीले रेल्वे ट्र्याक, संरचना तथा सञ्चालन क्षमताको अनुगमन र परीक्षण गरेको जनाइएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेल सेवाको उदघाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
नेपालको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको जनकपुरधामलाई भगवान् श्रीरामको जन्मभूमि अयोध्यासँग सिधा रेल सेवा मार्फत जोड्ने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको छ । यसबाट नेपाल र भारत बीचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध थप विस्तार गर्ने भारतीय प्रधानमन्त्री मोदीले अपेक्षा गरे अनुसार जनकपुरधाम देखि अयोध्या सम्म सिधा रेल सेवा जोडेर पर्यटकलाई बढावा दिने उद्देश्य लिएको छ ।
पौराणिक मान्यता अनुसार माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच वैवाहिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । माता सीताको विवाह अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामसँग भएको धार्मिक विश्वासका कारण यी दुवै धार्मिक स्थलको अति विशेष महत्व रहेका छन् ।
रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीच तीर्थयात्री तथा पर्यटकको आवागमन सहज हुने, धार्मिक पर्यटनले गति लिने र दुवै देशका स्थानीय क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरियो । लामो समयदेखि चर्चामा रहेको जनकपुरधाम–अयोध्या रेल सेवा आज परीक्षणको चरण पार गर्दै औपचारिक सञ्चालनको तयारीमा पुगेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन