बालविकास शिक्षक भर्नामा प्रअको मनोमानीः गोप्य विज्ञापनले गोडैताको जनता आधारभूत विद्यालयमा विवाद

0 Shares

सर्लाही, २० कार्तिक । सर्लाहीको गोडैता नगरपालिका–२ जयपुरस्थित श्री जनता आधारभूत विद्यालयमा बालविकास तर्फ शिक्षक÷शिक्षिका भर्ना गर्ने विषयलाई लिएर विवाद चर्किएको छ ।
विद्यालयले प्राप्त गरेको बालविकास शिक्षक भर्ना कोटामा निर्धारित मापदण्ड र पारदर्शिताको पालना नगरी गोप्य रूपमा प्रक्रिया अघि बढाउन खोजिएको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको हो ।
विद्यालयका प्रधानाध्यापक गर्भु महतोले आफू अनुकूल व्यक्तिलाई नियुक्त गर्ने मनसायले लामो बिदाको समय पारेर भर्ना प्रक्रिया अगाडि बढाउन खोजेको आरोप स्थानीयले लगाए । भर्ना सम्बन्धी सूचना विद्यालयमा सार्वजनिक रूपमा टाँस नगरी गोप्य ढंगले प्रक्रिया अघि बढाइएको विषयले प्रधानाध्यापकको कार्यशैली र नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
शिक्षक भर्ना जस्तो सार्वजनिक सरोकारको विषयमा सबै योग्य तथा इच्छुक उम्मेदवारले समान अवसर पाउनुपर्ने भए पनि विद्यालय प्रशासनले सूचना नै सार्वजनिक नगरेको आरोपले भर्ना प्रक्रिया निष्पक्ष हुनेमा आशंका खडेकोे छ ।
विद्यालयमा प्राप्त शिक्षक कोटामा प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया मार्फत योग्य उम्मेदवार छनोट गर्नुपर्नेमा सीमित व्यक्तिलाई मात्र जानकारी हुने गरी प्रक्रिया अघि बढाइएको हो कि भन्ने प्रश्न उठेका छन् ।
यस विषयमा स्थानीय सञ्चारकर्मीहरूले प्रधानाध्यापक महतोसँग जिज्ञासा राख्दा उनले सूचना गोप्य गर्ने मनसाय नभएपनि सूचना अहिले सम्म टाँस नगरेको जवाफ दिए । लामो समय विद्यालय बन्द रहने बिदाको अवधिमै किन भर्नासम्बन्धी सूचना निकालियो र विद्यालयमा सार्वजनिक रूपमा सूचना किन टाँस गरिएन भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा प्रधानाध्यापक महतोले आफूलाई निर्दोष देखाउने खालको जवाफ दिएको बताए ।
विद्यालयमा शिक्षक नियुक्ति जस्तो संवेदनशील विषयमा सूचना सार्वजनिक नगर्नुको कारण के हो ? सबै योग्य उम्मेदवारले आवेदन दिने अवसर पाउने वातावरण किन बनाइएन ? र भर्ना प्रक्रियालाई पारदर्शी बनाउन विद्यालय प्रशासन किन अग्रसर भएन ? भन्ने प्रश्न अहिले स्थानीयस्तरमा उठेको छ ।
यस विषयमा गोडैता नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमोद यादव संग ९८४४४४४२७९ मा फोन गरेर बस्तविक्ता बुझ्न खोज्दा भर्ना प्रक्रियाको निष्पक्षता, पारदर्शिता र निर्धारित मापदण्डको पालना प्रअ र विद्यालय प्रशासनले गर्नुपर्ने बताए । विना सूचनाको भर्ना प्रक्रिया अबैधानिक हुने र त्यसलाई मान्यता दिन गाह्रो हुने भएको हुँदा प्रअ महतो संग बुझ्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।