रौतहट, २५ कार्तिक । रौतहटको गौर नगरपालिकामा नाला सफाइको विषयलाई लिएर स्थानीय र नगरपालिकाका सफाइकर्मीबीच विवाद उत्पन्न भएपछि गौरको मुख्य चोकमै फोहोर थुपारिएको छ।
गौर नगरपालिका-५ मुख्य सडकको नाला सफाइको बिषयलाई एक स्थानीयले सफाइकर्मीमाथि हातपात गरेपछि आक्रोशित बनेका नगरपालिकाका सफाइकर्मीहरूले गौरको मुख्य चोकस्थित नेपाल लज अगाडि फोहोर थुपारेका हुन्।
सामान्य विवादबाट सुरु भएको घटना हातपातसम्म पुगेपछि आक्रोशित सफाइकर्मीहरूले विरोधस्वरूप मुख्य चोकमै फोहोर फालेका छन्। नगरको व्यस्त तथा प्रमुख व्यापारिक क्षेत्रमा फोहोर थुपारिएपछि आवतजावत गर्ने सर्वसाधारण, व्यापारी तथा स्थानीयलाई समेत समस्या भएको छ।
नगरको सरसफाइजस्तो संवेदनशील विषयमा विवाद चर्किँदा मुख्य चोक नै फोहोरले भरिन पुगेको छ। यस घटनाले नगरपालिकाको सरसफाइ व्यवस्थापन र स्थानीय तथा कर्मचारीबीचको समन्वयमाथि पनि प्रश्न खडा भएको छ।
घटनाबारे नगरपालिकाको आधिकारिक धारणा आएको छैै भने हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको श्रोतको दाबी छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन