मकवानपुर, २६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा विहिवार विहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएकोमा दुई जनाको पहिचान खुलेका छन् ।
मृत्यु हुनेमा गाडी चालक कबिलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादव रहेको सशस्त्र प्रहरी बल मुख्यालय श्रोतबाट बुझिएका हुन् ।
उक्त दुर्घटनामा परेर घटनास्थलमै ५ पुरुष, ३ महिला र २ जना बालिकाको मृत्यु भएको थियो ।
घाइतेमध्ये तीनजनाको हेटौडा अस्पताल भईरहेका हुन् । हेटौडा अस्पताल ल्याइएका घाइतेहरुमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव रहेको प्रहरी श्रोतबाट बुझिएको छ ।
मुकेशको टाउको र ढाडमा चोट लागेको छ भने सक्षमको शरीरमा भित्री चोट देखिएको छ । दुवैको अवस्था सामान्य रहेको तथा सुदनको टाउको र मुखमा चोट लागेको प्रहरी श्रोतबाट बुझिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाए ।
आज बिहान ५ः४५ बजेको समयमा काठमाडौबाट सर्लाहीको लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत चिसापानी गढीबाट करिब पाँच सय मिटर तल भिरबाट खसेर उक्त भयाभय दुखद घटना भएको छ ।
दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा खटिएर उद्धार गरे । दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान सहितको यथार्थ विवरण केही समय पछि खुल्ने प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन