एआईको मद्दतबाट परिकल्पना गरी तयार पारिएका साँकेतिक तस्वीर मात्रै हो ।
घर फर्किने हतारोमा एउटै गाउँका आफन्त र छिमेकी चढेको ईभी भ्यान भीमफेदीमा दुर्घटनाग्रस्त, तीन बालिकासहित एउटै परिवारका ६ जना र चार सदस्यको मृत्यु; छठको उल्लास पर्खिरहेको सुन्दरपुर गाउँमा अहिले रुवाबासीको क्रन्दन
भोली देखि सुरु भईरहेको छठ पर्वमा घरपरिवारसँग भेटघाट गर्ने, आफन्तसँग खुसी साटासाट गर्ने र गाउँघरमा पर्वको रौनक मनाउने सपना बोकेर काठमाडौँबाट सर्लाही हिडेका यात्रुको यात्रा मकवानपुरको भीमफेदीमा कहिल्यै नमेटिने दुःखान्तमा परिणत हुन पुग्यो । एउटै गाउँका आफन्त र छिमेकी चढेको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी १४ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर गाउँ रुवाबासीको क्रन्दनबाट शोकमा डुबेका छन् ।
छठ पर्वको तयारीमा जुट्नुपर्ने बेला गाउँमा अहिले रुवाबासी, पीडा र सन्नाटा छाएको छ । घर फर्किने आफन्तको प्रतीक्षामा बसेका परिवारजनले एकैपटक आफ्ना प्रियजन गुमाउनु परेको सन्देश सुनेपछि सुन्दरपुर गाउँको खुसी क्षणभरमै शोकमा बदलियो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान करिब ५ः४५ बजे भएको दुर्घटनाले एउटा परिवार मात्र होइन, सिंगो गाउँलाई नै स्तब्ध बनाएको छ । काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा परेका यात्रु छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीको सुन्दरपुर गाउँ फर्किंदै गरेको अवस्थामा उक्त दुखद घटना भए । उनीहरू एउटै गाउँका आफन्त तथा छिमेकी रहेको बुझिएको छ ।
एउटै गाउँका आफन्त गुमाउँदा सुन्दरपुर गाउँमा चुलो बल्न समेत मुस्किल परिस्थिति उत्पन्न भएको छ । सामान्यतया चाडपर्वले परिवार र समाजलाई एक ठाउँमा जोड्छ । तर सुन्दरपुरका लागि यसपटक छठ पर्व आफन्तसँगको भेटघाट र खुसीको अवसर बन्न सकेन । गाउँ फर्किने यात्रुहरू नै कहिल्यै नफर्किने गरी अस्ताए ।
दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय चालक रविशङ्कर कुमार मण्डल, सुन्दरपुरका १३ जनाले ज्यान गुमाए ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम देवी यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३६ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी यादव, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव, १५ वर्षीय रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको सनाखत भईसकेको छ ।
यस दुर्घटनाले एउटै परिवारमा असह्य पीडा थपेको छ । पुनम देवी यादवले आफ्ना तीन छोरी दीक्षा, दीपिका र अनु कुमारीलाई एकैपटक गुमाएकी छन् । एउटी आमाले आफ्ना तीन सन्तान गुमाउनुपर्ने यो घटनाले दुर्घटनाको मानवीय क्षति कति भयावह रहेको होला ? वर्णन गर्न साध्य छैनन् । यस्तै गायत्री देवी यादव र उनका श्रीमान् गुड्डु यादवको पनि दुर्घटनामा मृत्यु भयो । श्रीमान श्रीमती दुवै एकैपटक मृत्युवरण भएको हादसा होइन मानविय त्रासदीको चरम सिमा पार गरेको छ ।
यस्तो घटनाबाट सर्लाही मात्रै नभई सिंगो मुलुकको ध्यान गम्भीर हुनु पर्छ । नेपाल सरकारको यस तर्फ गम्भीर ध्यानकर्षण भई भयाभय त्रासदीको निष्पक्ष छानविन गर्नु पर्छ । मृतक परिवारलाई राज्यबाट उचित क्षतिपुर्ती उपलब्ध हुनको साथै आश्रित परिवारको भरणपोषणको जिम्मेवारी लिनुपर्ने व्यवस्थापन हुनु पर्छ ।
मृतकका आफन्तहरु अहिले हेटौडा स्थित अस्पतालमा उपस्थित रहेर यस घटनाको जिम्मेवारी कुनै पक्षले लिनुपर्छ मृतक परिवारलाई उचित क्षतिपुर्ती कसले दिने ? कहिले सम्बोधन होला ? भने प्रतिक्षामा बसिरहेका छन् । प्रहरी प्रशासन तथा राज्यबाट अहिले सम्म सम्बोधन नहुनु दुर्भाग्य रहेको आश्रित परिवारले तराई टप संग कुरा गर्दै दुखेसो पोखे ।
दुर्घटनाले उठाएको गम्भीर प्रश्न
भीमफेदीको यो दुर्घटनाले फेरि एकपटक नेपालको सडक सुरक्षा, सार्वजनिक यातायातको अवस्था र यात्रुको सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ । सडकबाट करिब ५०० मिटर तल गाडी खस्नु र ठूलो संख्यामा यात्रुको मृत्यु हुनुले दुर्घटनाको प्रकृति अत्यन्त भयावह रहेको देखाउँछ ।
तर दुर्घटनाको वास्तविक कारणबारे आधिकारिक अनुसन्धान गर्न छानविन समिति बनाउनु पर्छ । सडकको अवस्था, सवारीसाधनको प्राविधिक अवस्था, चालकको अवस्था, गति तथा यात्रु क्षमताजस्ता पक्षको निष्पक्ष छानबिन आवश्यक रहेको देखिन्छ ।
विशेषगरी चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा आराम, क्षमता भन्दा बढी यात्रु राखिएको छ वा छैन भन्ने विषयमा सम्बन्धित निकायले प्रभावकारी निगरानी आवश्यक रहेको छ ।
यस्ता दुर्घटनापछि केही दिन सुरक्षा जाँच र अनुगमन तीव्र पार्ने तर त्यसपछि पुरानै अवस्था दोहोरिने प्रवृत्तिको अन्त्य जरुरी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन