नयाँदिल्ली, २७ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सकारात्मक पहलका कारण योग अहिले विश्वभर लोकप्रिय बनेको दाबी गरे ।
आफू विदेश भ्रमणमा जाँदा विभिन्न देशका नेताहरू तथा विशिष्ट व्यक्तिहरूसँगको भेटघाटमा समेत योगबारे विशेष चर्चा हुने गरेको स्पष्ट पारेका हुन् ।
स्वामी विवेकानन्द योग अनुसन्धान संस्थान (क्–ख्थ्ब्क्ब्) को आवासीय मुख्यालय ‘प्रशान्ति कुटीरम्’ को स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले योग भारतलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम बनेको बताए ।
‘भारतकै पहलका कारण आज विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ,’ उनले भने, ‘म जुनसुकै देशमा गए पनि दिवाभोज वा रात्रिभोजका क्रममा मानिसहरू मसँग योगबारे चर्चा गर्छन् ।’
उनले योगप्रति विश्वका विभिन्न देशका राजपरिवार तथा विशिष्ट व्यक्तिहरूको आकर्षण बढ्दै गएको उल्लेख गरे । योगले भारतको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
कर्नाटक प्रदेश योगसँग सम्बन्धित थुप्रै गुरु तथा विद्वानहरूको जन्मभूमि रहेको उल्लेख गर्दै मोदीले कन्नड चलचित्रका दिग्गज अभिनेता डा. राजकुमारलाई समेत स्मरण गरे । उनले डा. राजकुमार पनि नियमित योग अभ्यास गर्ने व्यक्तित्वको रुपमा रहेको चर्चा गरे ।
समारोहका अवसरमा प्रधानमन्त्री मोदीले ‘स्वर्ण जयन्ती प्रशासनिक भवन’ को डिजिटल माध्यमबाट शिलान्यास समेत गरेका थिए । उनले योगलाई केवल शारीरिक अभ्यासमा सीमित नराखी स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र विश्व समुदायलाई जोड्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने सन्देश दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन