नयाँदिल्ली, २७ कार्तिक । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले करुणा, संवेदनशीलता र निःस्वार्थ सेवा नै मानवता तथा सभ्य समाजका प्रमुख आधार भएको बताए ।
शुक्रबार डा. सञ्जय पैथानकरलाई ‘विदर्भ गौरव’ पुरस्कार प्रदान गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै भागवतले कुनै प्रतिफलको अपेक्षा नगरी अरूको सेवा गर्नुपर्नेमा जोड दिए ।
‘सेवा कुनै पेसा होइन, समाजप्रतिको जिम्मेवारी हो,’ उनले भने, ‘हामी केवल आफ्नो जीविकोपार्जनका लागि मात्र काम गर्दैनौं, यो संसार सुचारु रूपमा चलिरहोस् भन्ने सुनिश्चित गर्न पनि काम गर्छौ ।’
भागवतले समाजमा मानवीय संवेदनशीलताको महत्वलाई औंल्याउँदै अप्ठ्यारोमा परेका व्यक्तिलाई सहयोग गर्नु मानवताको स्वाभाविक अभिव्यक्ति भएको बताए ।
उनका अनुसार सहयोग आवश्यक परेको व्यक्तिसँग व्यक्तिगत सम्बन्ध छ वा छैन भन्ने कुराले फरक पार्नु हुँदैन । मानवीय भावना र सामाजिक उत्तरदायित्वका आधारमा एकअर्कालाई सहयोग गर्ने संस्कार विकास हुनुपर्नेमा उनले जोड दिए ।
समाजमा करुणा र संवेदनशीलता कमजोर हुँदै गए मानवीय सम्बन्ध तथा सामाजिक एकतामा समेत असर पर्न सक्ने सन्देश दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन