रौतहट, १ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आगामी भारत भ्रमणलाई प्रभावकारी बनाउन २५ घण्टा भित्र महत्वपूर्ण उपलब्धि हुने गरी गृहकार्य तयार गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा यही मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले नयाँ दिल्लीमा करिब साढे २५ घण्टा समय बिताउने र त्यसमा महत्वपूर्ण उपलब्धी हाँसिल गर्ने गरी गृहकाय तयार गरिएको हो ।
उच्च सरकारी स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाहले तीनवटा महत्वपूर्ण औपचारिक बैठकमा सहभागिता जनाउने छ । छोटो अवधिको भ्रमण भए पनि भारतीय शीर्ष नेतृत्व सँगको भेटवार्ता र द्विपक्षीय छलफललाई विशेष प्राथमिकता दिइएको छ ।
निर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल एयरलाइन्सको नियमित उडान मार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनी मंसिर ७ गते अपराह्न ४ः२० बजे सोही एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको बुझिएको हो ।
सुरुमा तीन दिनसम्म हुने चर्चा गरिएको भ्रमणलाई मितव्ययिता र कार्यव्यस्ततालाई ध्यानमा राख्दै दुई दिनमा सीमित गरिएको छ । भ्रमणको पहिलो दिन प्रधानमन्त्री शाहको कुनै औपचारिक कार्यक्रम राखिएको छैन । उनी नयाँ दिल्ली स्थित ताजमहल होटलमा बस्नेछन् ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते राष्ट्रपति भवनमा आयोजना हुने औपचारिक समारोहमा प्रधानमन्त्री शाहले गार्ड अफ अनर ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् ।
यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउस वा प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै वार्ता तथा प्रतिनिधिमण्डल स्तरीय बैठकमा सहभागी हुने छ। उक्त भेटवार्तालाई भ्रमणको मुख्य राजनीतिक तथा कूटनीतिक कार्यक्रमका रूपमा हेरिएको छ । यसका अतिरिक्त भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
समयका हिसाबले छोटो भए पनि प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा, आपसी हित, द्विपक्षीय सहकार्य र साझा सरोकारका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
नयाँ नेतृत्वको सरकार प्रमुखका रूपमा प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन र आपसी सहयोगका नयाँ सम्भावनाको ढोका खोल्ने राजनीतिक वृत्तमा चर्चाको बिषय बनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन