सर्लाही, १ मंसिर । सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित घटनालाई लिएर हुँदै नभएको तथा भ्रामक सूचना फैलाएको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस विज्ञप्तीमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८ गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
पासवानले आफ्नो व्यक्तिगत फेसबुक अकाउण्ट मार्फत र बैठाले सञ्चालन गरेको फेसबुक पेजबाट प्रहरीसँग सम्बन्धित घटनालाई गलत ढंगबाट अतिरंजित तवरले भ्रामक सूचना प्रकाशन गरेर समाजमा नकारात्मक सन्देश प्रवाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाए ।
पक्राउ नगरिएको व्यक्तिलाई पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण गरेर प्रहरी प्रति जनताको विश्वासमा कमि ल्याउने उद्देश्यबाट प्रेरित भई त्यस्ता अपुष्ट तथा भ्रामक सूचनाले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाही प्रति अनावश्यक अन्योल उत्पन्न गराउने काम गरेको प्रहरीको ठहर छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासत कक्षमा राखेर अनुसन्धान भईरहेको जानकारी दिदै सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी बेदप्रसाद गौतमले घटना, पक्राउ तथा अनुसन्धानका विषयमा आधिकारिक पुष्टि नगरेर मिथ्या वा भ्रामक सूचना प्रकाशन, शेयर तथा पुनः प्रसारण नगर्न सर्वसाधारण संग आग्रह समेत गरे ।
प्रहरी संग सम्बन्धित समाचार वा जानकारी मुलक कुनै सन्देश प्रवाह गर्नु अघि एक पटक जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित प्रहरी निकायबाट आधिकारिक रुपमा पुष्टि गराउन सञ्चारकर्मी तथा सर्वसाधारणलाई यक्त विज्ञप्तीमा उल्लेख रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन