दल बदल गर्ने जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्तः निर्वाचन आयोग

0 Shares

रौतहट, ३ कार्तिक । दल बदल गर्ने जनता समाजवादी पार्टी नेपालका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पदलाई निर्वाचन आयोगले रिक्त गरेका छन् ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको जनाएका हुन् ।
आयोगले २०८३ मंसिर २ गतेको निर्णयअनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ बमोजिम उनीहरूको पद रिक्त भएको सार्वजनिक रुपमा जारी सूचनामा उल्लेख गरिएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका जनप्रतिनिधिले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गर्दै दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिले आयोगमा जानकारी गराए ।
पद रिक्त हुनेमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतो रहेको छ ।
पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेल पनि पदमुक्त भए । खोटाङका जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको आयोगले जनाए ।
यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नाल, वडा नं. १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक तथा वडा सदस्य रामधन राई र शहरमनी राईको पद रिक्त भए ।
इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङ, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राईको पद भएको छ ।
आयोगको निर्णय सँगै सम्बन्धित १८ जनप्रतिनिधिले स्थानीय तहमा निर्वाचित पद गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।