नेपाल र मलेसिया सरकार बीच भएको श्रम सम्झौता विपरीत नेपाली श्रमिकबाट अबैध रूपमा रकम संकलन गरी ठगी गरेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्री सहित ६ जनालाई पक्राउ गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव सहित तत्कालीन उच्चपदस्थ सरकारी अधिकारीहरूलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखहरू उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाट सहितले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाए ।
सिआईबीका अनुसार नेपाल र मलेसिया सरकार बीच भएको समझदारी विपरीत नेपाली श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको गम्भीर आरोप छ ।
यस प्रकरणमा श्रमिकबाट संकलन गरी मलेसिया पठाइएको भनिएको रकम ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड रहेको प्रहरीले जनाए । उक्त रकम नेपाली मुद्रामा कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २ रुपैयाँ बराबर रहेको बताइएको छ ।
सम्झौता तथा कानुनी प्रक्रिया उल्लंघन गरी विदेशी मुद्रा अपचलन गराएको, संगठित समूहको लाभका लागि श्रमिकमाथि आर्थिक शोषण तथा ठगी हुँदा पनि कानुनी उपचारको प्रक्रिया अघि नबढाएको आरोप उनीहरू माथि लगाइएको छ ।
सीआईबीले पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाए । श्रमिकको वैदेशिक रोजगारीलाई सहज, पारदर्शी र लागत विहीन बनाउने सरकारी प्रतिबद्धता माथि नै प्रश्न उठाउने यस प्रकरणले वैदेशिक रोजगार क्षेत्रको अनियमितता र सरकारी अधिकारीहरूको भूमिका माथि बहस सुरु भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन