सर्लाही, ३ मंसिर । सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रबाट लागुऔषध, पेस्तोलमा प्रयोग हुने गोली र इन्जेक्सन सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकी अगाडिबाट उनीहरूलाई पक्राउ गरिएका हुन् ।
पक्राउ पर्नेमा भारतको सीतामढी निवासी २६ वर्षीय गोविन्द कुमार सिंह र २१ वर्षीय अरुण सहनी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लागुऔषध, पेस्तोलका गोली तथा इन्जेक्सन बरामद गरेको जनाए । साथै उनीहरू सवार मोटरसाइकललाई समेत नियन्त्रणमा लिए ।
सीमा क्षेत्रबाट लागुऔषध तथा हातहतियारमा प्रयोग हुने गोलीसहित भारतीय नागरिक पक्राउ परेपछि सुरक्षा निगरानी र सीमापार आपराधिक गतिविधि नियन्त्रणको विषय फेरी चर्चामा आएको छ ।
पक्राउ परेका दुवै जनामाथि बरामद सामग्रीको प्रकृति, स्रोत तथा सम्भावित कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन