सर्लाही, ४ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–५ पुरानो राजमार्ग स्थित एक कोठामा प्रेमिका भेट्न आएका २० वर्षीय युवक मृत फेला परेका छन् ।
हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरी बिहीबार साँझ प्रेमिकाको कोठामा अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा रहेका चौधरीलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्याइए तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
घटनापछि प्रहरीले मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । पोस्टमार्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाए ।
युवकको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर थप सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बेदप्रसाद गौतमले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन