उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन

0 Shares

सर्लाही, ४ मंसिर । बागमती सिंचाइ आयोजना तथा मातहतका कार्यालयमा लामो समयदेखि कार्यरत २६४ जना ज्यालादारी कर्मचारीले आफूहरूलाई सेवाबाट हटाउने गरी उमेर हद लागु गर्न खोजिएकोमा धर्ना प्रदर्शन गर्दै आएका छन् ।
उमेर हद खारेजीको सहित पाँच बुंदे माग अघि सार्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाएर गत कार्तिक १६ गते देखि निरन्तर रुपमा आयोजनाको मुख्य गेटमै धर्ना एवं विरोध प्रदर्शन गर्दै आएका हुन् ।
१० देखि ३० वर्षसम्म निरन्तर रूपमा ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरूले नयाँ सिंचाइ नम्र्स कार्यान्वयनका नाममा आफूहरूलाई निजामती कर्मचारी सरह उमेरको हद लगाएर सेवाबाट हटाउन खोजिएको आरोप लगाए ।
सुरज पासवानको नेतृत्वमा धर्ना प्रदर्शन गर्दै आएका कर्मचारीहरुले बागमती सिंचाइ आयोजनाका २४४ जना तथा बागमती, मनुष्मारा र झाँझ सिंचाइ व्यवस्थापन कार्यालयका २० जना गरी २६४ जना ज्यालादारी कर्मचारी प्रभावित हुने अवस्था सिर्जना भएपछि बाध्य भएर आन्दोलनमा ओर्लिनु परेको छ ।
कार्तिक ११ गते प्रकाशित नयाँ सिंचाइ नम्र्स अनुसार कार्यान्वयन गर्ने भन्दै प्रचलित ऐन तथा कानुनमा स्पष्ट व्यवस्था नभएको उमेरको हद लगाएर कर्मचारी हटाउने प्रयोजनका लागि कात्तिक १२ गते सूचना प्रकाशित गरिएको दाबी गरे ।
वर्षौं देखि आयोजना र मातहतका कार्यालयले खटाएको जिम्मेवारी पूरा गर्दै आएका कर्मचारीले झरी, बादल र प्रतिकूल मौसमको समेत प्रवाह नगरी कतिपय अवस्थामा खुला आकाशमुनि रहेर काम गर्दै आएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
कर्मचारीहरु आफूहरूको रोजगारी र सेवासुविधा सुरक्षित गर्न माग गर्दै पाँचबुँदे माग सार्वजनिक गर्दै विगत १८ दिन देखि आन्दोलनमा बसेपनि सम्बध निकाय उदाशिन रहेको आक्रोश आन्दोलनरत कर्मचारीहरले व्यक्त गरे ।
प्रमुख मागहरूमा दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्नुपर्ने, २०८३ कात्तिक ११ गते प्रकाशित सिंचाइ नम्र्समा आवश्यक सुधार गर्नुपर्ने र सिंचाइ विभागको पत्रसहित मन्त्रालयमा दर्ता भएको सेवा सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, चाडपर्व खर्च तथा पोशाकको व्यवस्था गर्नुपर्ने, महँगी भत्ता उपलब्ध गराउनुपर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने माग अघि सारेका छन् ।
ज्ञापनपत्र मार्फत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभए घोषित कार्यक्रम अनुसार शान्तिपूर्ण विरोधका गतिविधि सञ्चालन गर्दै आएपनि सम्बध निकाय जिम्मेवार नभएको हुँदा अब सशक्त आन्दोलन गर्ने चेतावनी पासवानले दिए ।
आफूहरुले सम्पूर्ण जिवन आयोजनालाई दिए, ज्यालादारीमै काम गरेको २५ बर्ष भन्दा बढि समय वितिसक्यो, कतिपय घर गइसक्यो, यसपछि जिवन जिउने आधार के हुन सक्छ भन्दै सबै विषयमाथि विचार गरेर जायज माग पुरा गराउन आफू सहितका कर्मचारीहरु धर्नामा बसेको बताए । तर राज्यले हाल सम्म कुनै सुनवाई नगर्दा हामी झने पीडित बनेका समेत उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।