रौतहट, ४ मंसिर । रौतहटको सदरमुकाम गौरमा स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउँदै स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले ‘रौतहट एक्सपो २०८३’ आयोजना हुन लागेका छन् ।
मंसिर ६ देखि २२ गतेसम्म सञ्चालन हुने एक्सपोको तयारी तीव्र पारिएको आयोजकले जनाएका हुन् ।
रौतहट उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ रौतहटको संयुक्त आयोजनामा गौर नगरपालिका स्थित चर्चित राइस मिल्सको मैदानमा एक्सपो सञ्चालन गर्न लागिएको छ ।
कोभिड महामारी लगायत विभिन्न कारणले लामो समयदेखि थलिएको रौतहटको व्यापारिक गतिविधिलाई पुनः गति दिने, स्थानीय बजारमा आर्थिक चहलपहल बढाउने तथा जिल्लाका उत्पादनलाई नयाँ बजारसम्म पुर्याउने लक्ष्यसहित एक्सपो आयोजना गर्न लागिएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपालीले जानकारी दिए ।
आयोजकले मेला स्थलमै शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गोपालीले एक्सपो सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । केही प्राविधिक कारणले पूर्वनिर्धारित मितिमा सुरु हुन नसकेको एक्सपो यही आइतबारदेखि सञ्चालनमा आउने उनले जानकारी दिए ।
उनका अनुसार एक्सपोको शान्ति सुरक्षा व्यवस्थापनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय भइसकेको छ । मेला अवलोकनका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै बीमाको व्यवस्थासमेत गरिएको छ ।
एक्सपो बिहान ८ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । स्थानीय उद्यमी, व्यवसायी तथा उत्पादकलाई आफ्ना उत्पादनको प्रदर्शनी र बिक्रीका लागि स्टल राख्न आग्रह गर्दै अध्यक्ष गोपालीले एक्सपोले जिल्लाको व्यापारिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
मुख्य आकर्षणः लण्डन ब्रिज र जलपरी
रौतहट एक्सपोमा व्यापारिक प्रदर्शनी सँगै मनोरञ्जनलाई समेत विशेष प्राथमिकता दिइएको छ । आयोजकका अनुसार एक्सपोमा नेपालमै पहिलो पटक ग्रेभिटी सहितको झुलुवा, रोटे झुलुवा लगायत विभिन्न मनोरञ्जनात्मक खेल तथा आकर्षण राखिएको छ ।
एक्सपोको मुख्य आकर्षणका रूपमा लण्डन ब्रिज र जलपरी रहने आयोजकले जनाए । यसले बालबालिका, युवा तथा परिवारसहित मेला अवलोकन गर्न आउने दर्शकलाई थप आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ ।
एक्सपो व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी समेत बाँडफाँट गरिएको छ । सम्बन्धित कामका लागि आयोजक समितिका जिम्मेवार पदाधिकारीसँग सम्पर्क गर्न पनि आयोजकले आग्रह गरे ।
पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु), गौतम श्रेष्ठ, मनोज कुशवाहा, अमित गुप्ता लगायत आयोजक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन