नयाँ दिल्ली, ६ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्लीलाई सजाइएका छन् ।
प्रधानमन्त्रीमा पदभार ग्रहण गरेपछि शाहको छिमेकी मुलुकमा उनको यो पहिलो राजकीय भ्रमण रहेका हुँदा नयाँ दिल्लीको विभिन्न स्थानमा नेपाली झण्डाको साथै प्रधानमन्त्रीको तस्वीर राखेर स्वागत छ भने ब्यानहरु झुण्डयाइएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटघाट गर्ने तथा भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् । यस भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) र पूर्वाधार सहयोगका विषयमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ ।