रौतहट, १२ माघ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले खोप लगाएको कार्ड र मास्क अनिवार्य रुपमा लगाएर मात्रै सेवा लिन आउन अपिल जारी गरेको छ ।
कोरोना संक्रमणबाट जोगिन स्थानीय प्रशासनले यसप्रकारको प्रावधान सवैको लागि लागु हुने भएको हुँदा यसलाई कार्यान्वयनमा ल्याउन सबै सरकारी कार्यालय वा गैर सरकारी कार्यालयले ल्याउनु पर्ने हो ।
कोभिड भ्याक्सिन कार्ड र नो मास्क नो इन्ट्री कार्यक्रम जिल्लाभरी नै लागु गरिएको छ भने जिल्ला प्रहरी कार्यालयमा नो खोप कार्ड नो मास्क नो सर्भिस प्राबधान लागु गरिएको बताइएको छ ।
प्रशासनले खोप नलिएकालाई सेवा नदिने र खोप नलिएका सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे÷नरहेको सोधपुछ गर्ने गरेको छ । यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।
यस्तै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला स्थित सरकारी कार्यालयमा जाँदा अनिवार्य रुपमा खोप कार्ड र मास्कको प्रयोग भएका व्यक्तलाई मात्रै सेवा प्रवाह गरिने भएको हुँदा कोभिड खोप नलिएका सेवाग्रहीले पहिला खोप लगाउन त्यसपछि सेवा लिनुपर्ने प्रावधानले लागु गरिएको छ ।
यसैगरी सिमापारी जानेलाई पनि भारतीय सिमामा तैनाथ एसएसवीले अनिवार्य रुपमा खोप लगाएको कार्ड हेरेर मात्रै भारत प्रवेशको इजाजत दिने नियम बुधवार देखि जारी गरिएको हुँदा सिमापारी जानेहरु अनिवार्य रुपमा खोपकार्ड वा सोको तस्वीर आफनो मोवाइल सेटमा राख्नुपर्ने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन