396
Shares
रौतहट, २१ माघ । बर्षा संगै चलिरहेको अत्याधिक हावाहुरीको कारण रौतहटको बौधीमाई नगरपालिकामा खपडाको घर भत्किदा एक महिलाको मृत्यु भएको छ ।
मौसममा आएको परिवर्तनको कारण निरन्तर रुपमा चलिरहेको हावा संगै भईरहेको बर्षाबाट शुक्रवार बौधिमाई नगरपालिका वडा नम्वर १ अजगैवी गाउँ बस्ने राममंगल राय यादवको ४५ बर्षिय श्रीमती फुलमतिया देवी यादवको घर खस्दा चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
फलमतिया देवी खपडाको घरमा बसिरहदा आज दिउसो १२ बजेको समयमा घर भत्किदा इटा, खपडा र काठले च्यापिएर घाईते भए निजलाई तत्कालै छिमेकीहरु बाहिर निकालेर उपचारको लागि मौलापुर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए । उक्त घरमा च्यापेर २ वटा बाख्रा पनि मरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन