दोषीलाई कारवाहीको माग गर्दै नेविप्रको कर्मचारीहरु आन्दोलित

1159 Shares

रौतहट, २१ माघ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरमा कार्यरत कर्मचारीहरुले वितरण केन्द्र प्रमुखको कार्यकक्षमा शुक्रवार विहान १० बजे ताला लगाएर १ घण्टा सम्म विरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्मचारीहरु आज विहान प्रमुखको कार्यकक्ष र प्रशासन कोठामा ताला लगाई हातमा कालो पटी बाँधेर एक घण्टा सम्म पेनडाउन गरेको हो । नेपाल विद्युत कर्मचारी युनियन, परिषद र संघको आयोजनामा आज देखि सुरु गरिएको आन्दोलन सोमवार देखि अनिश्चितकालिन हुने चेतावनी दिएका छन् ।

विद्युत कर्मचारी माथि साँघातिक आक्रमण गर्ने दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरमा कार्यरत कर्मचारीहरु हातमा कालोपटी बाँधेर विरोध प्रदर्शन गर्दैै । तस्वीर तराई टप


माघ १८ गते वितरण केन्द्र प्रमुखको आदेशमा पाँच जना कर्मचारीहरु रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवामा ब्लैक लिष्ट, विद्युत हुकिंग गर्ने र विजुलीको विल नतिर्नेहरुको लाइन काट्न पुग्दा हास फारम संचालक लालबाबु साहले साँघितक रुपमा आक्रमण गर्दा पाँच जना कर्मचारी घाईते भएका थिए । पाँच जना मध्ये तिन जनाको हात भाँचिएको र दुई जनालाई सामान्य चोटपटक लागेको थियो ।
उक्त घटनामा संलग्न रहेका दोषिहरुलाई समातेर ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने माग राख्दै विद्युत कर्मचारीहरु आन्दोलित भएका छन् । प्रहरीले एक जनालाई समातेर अभद्र व्यवहारमा मुद्दा चलाएको कार्य प्रति तिव्र रुपमा असन्तोष व्यक्त गर्दै विद्युत कर्मचारीहरु राजनीतिक दलको दवावमा प्रहरीद्धारा दोषिलाई उम्काउने प्रयास भईरहदा बाध्य भएर चरणबद्ध संघर्षको कार्यक्रमलाई सार्वजनिक गर्नुपरेको नेपाल विद्युत कर्मचारी युनियन एकाई अध्यक्ष संदीपकुमार सिंहले बताए ।
संघर्षको क्रममा आईतवार २ घण्टा पेन डाउन गरी कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दि गर्ने तथा माघ २४ सोमवार देखि इमरजेन्सी सेवा बाहेक कार्यालय प्रमुख, प्रशासन शाखामा ताला लगाई काम काजहरु अनिश्चितकाल सम्म ठप्प पार्ने समेत उनले चेतावनी दिए ।
यता प्रहरीले हास फारम संचालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको तथा अन्य दोषिहरुलाई समात्ने प्रयास भईरहेको रौतहट प्रहरीका प्रमुख एसपी विनोद घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।