काठमाडौं, २३ माघ । वरिष्ठ चिकित्स तथा नागरिक अभियन्ता डा. सुन्दरमणी दिक्षितले नेपालको प्रगति एवं उन्नतीको लागि एमसीसी जस्तो मौकालाई सदुपयोग गर्नुपर्ने बताएको छ ।
नेपाललाई आर्थिक दृष्टिकोर्णबाट सुदृढ बनाई आत्मनिर्भर बनाउने अभियानमा अमेरिकी परियोजना एमसीसीलाई स्वीकार गर्नुपर्ने उनले बताउनु भएको हो । शनिवार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमला सँग कुरा गर्दै उनले एमसीसी लिँदा नेपालको हित हुने बताए । उनले अहिले मुलुकको प्रगति हेर्नुपर्ने बताए ।
दिक्षितले भने “अहिले एमसीसी मार्फत पाँच सय मिलियन डलरको विशुद्ध अनुदान आईरहेको छ, यो असाध्यै सुखद पक्ष हो । चीनको त कमसेकम लोन परियोजना हो । अहिले हाम्रो बाटोहरुको के के दशा छ ? हेर्नुहोस ? राजधानी भन्दा बाहिर कस्तो अवस्था छ ? यसले त बाटोघाटो र ट्रान्समिशन लाईन दिएको छ । हाम्रो विजुलीको उत्पादन धेरै भयो त्यसलाई कसरी बेच्ने हो ? हामी त फस्छौं । एमसीसी त लिनुपर्छ ।”
प्रचण्ड र माधव नेपाल दुवै प्रधानमन्त्री भइसकेको व्यक्ति भन्दै त्यतिवेला उनीहरुले एमसीसीको विरोध किन नगरेको होला ? भनेर प्रश्न उठाए । नेपालमा तँ भन्दा ज्यादा म कम्युनिष्ट हुँ भनेर देखाउनको लागि एमसीसीको विरोध गरेको सुनाए ।
अमेरिका आएर नेपाललाई कब्जा गर्छ भनेर हल्ला चलाईएको प्रति पनि आक्रोश पोखे । उनले चीनले नेपाललाई राम्रो सहयोग गरेको उल्लेख गरे । तर, उसले भनेको कुरा हामीले मान्न नपर्ने उनको भनाई छ । उनले आफ्नो मुलुकलाई जे आवश्यक छ त्यो गर्नुपर्ने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन