नेपाल प्राकृतिक सम्पदा, संसाधन माथि हस्तक्षेप गर्ने नियतबाट चिनियाँ महत्वाकाक्षी रेल वे परियोजना

771 Shares

नेपाली राजनेताहरुको प्रलोभनमा पर्ने प्रवृत्तिले गर्दा नेपाली राष्ट्रिय राजनीतिमा बिदेशी शक्तिहरुको हस्तक्षेपहरु खुल्लेआम भईरहेको देख्न सकिन्छ ।
कामचोर प्रवृत्तिले आत्मसम्मान गर्ने माथी हस्तक्षेप बढाउँछ र अनाहकको लोभमा फसाउने कसरत हुँदा सजिलै आकर्षित हुने सम्भावना बढ्छ । जसले गर्दा बाहिरी षड़यंत्रहरुले सजिलै घुसपैठ गर्न साहस गर्ने गरिरहेको हो । स्वाभिमानी र साहसीक ईतिहास बोकेको नेपाल र नेपाली जनता आफ्नो पौरखले पहिचान बनाएको जाति हो । तर पछिल्लो समयमा उक्त स्वाभिमान र साहस नेपालीको लागि एउटा अभिशाप जस्तो बन्न पुगेको छ । हरेक राष्ट्रसंग अनुदानका लागि मुख ताक्ने हाम्रो नियति नै बनिसकेको छ ।
यसै सन्दर्भमा नेपालको हिमाली जिल्लाहरुबाट काठमाडौलाई जोड्ने कार्गो रेल मार्गको चर्चा यती खेर देशभरी चुलिएको छ । उतरी हिमाली जिल्लाहरुमा रेल संचालनको लागि भन्दै नेपाल सरकारले चिनको महत्वकांक्षी परियोजना बेल्ड एण्ड रोड इनिसिएटीभ (बिआरआई) अन्तर्गत खर्बौ डलर ऋणमा रेल संचालनको सहमतिमा हस्ताक्षर गरिसकेको छ । चिनले रेल सेवामा ऋण रकम दिएर एकातिर नेपाललाई खर्बाै डलरको ऋण बोकाएको छ भने अर्को तिर त्यस क्षेत्रको प्राकृतिक वातावरणिय सुन्दरता मा पनि गम्भिर असर पार्ने तथा नेपालमा लामो समय आर्थिक हस्तक्षेप गर्ने वातावरण बनाउंदै लगिरहेको छ ।
अहिले चिन सरकारले ऋण सहयोगमा बनाउन लागेको केरुङ्ग–काठमाडौ कार्गो रेल सेवा र सगरमाथाबाट सुरुङ्ग मार्ग हुंदै काठमाण्डौ सम्मको रेल मार्गको प्रस्तावलाई अगाडी बढाएको छ । यो दुवै रेलको निर्माणमा चिनको महत्वकांक्षी योजना रहेको छ । यी दुवै रेलमार्गको लगानी नेपाल सरकारले धान्न नसक्ने र कुल ग्राहस्थ उत्पादनले पनि धान्न सक्दैन ।
करिव १० अर्व डलर खर्च हुने गरी यी परियोजना यदि संचालनमा आयो भने पनि चिनलाई नै बढी फाईदा हुने देखिन्छ । चिनले प्रस्ताव गरेको सगरमाथा सुरुङ्ग मार्ग हुंदै काठमाडौं सम्मको रेल प्रस्ताव सगरमाथा राष्ट्रिय निकुञ्ज हुंदै काठमाण्डौ सम्म पुर्याउने योजना अघी सारेको छ । यसको कुल लागत मात्र ८ अर्व डलर हुनेछ । चिनले नेपालको केरुङ्ग–काठमाण्डौ र सगरमाथा सुरुङ्ग रेलमार्गमा यत्रो ठुलो रकम लगानी गर्नुमा चिनको निहीत स्वार्थ रहेको छ । जुन स्वार्थ हाम्रा राष्ट्रघाति नेताहरुले जान्न खोजेका छैनन् ।
सो रेल वे परियोजना निर्माण हुने क्षेत्रहरुमा ठुलो मात्रामा खनिज पदार्थहरु रहेको र ती खनिज पदार्थहरु आफ्नो हात पार्नको लागि पनि सो क्षेत्रमा चिनले ठुलो मात्रामा लगानी गरिरहेको छ । यी दुवै रेल मार्ग चिनको सिमाना मै निर्माण हुने भएकोले भित्र भित्रै चिनले कसरी कसरी खनिज पदार्थहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ भनेर अनुमान गर्न सकिन्छ । यदी यि रेलमार्ग निर्माण भएमा ८ अर्व बराबरको ऋण थपिन्छ भने सो क्षेत्रमा रहेको अपार खनिज पदार्थ पनि नेपालले गुमाउनु पर्ने हुन्छ । यी परियोजनामा लाग्ने ८ अर्व डलर ऋण नेपालको कुल ग्राहस्थ उत्पादनले धान्न सक्दैन तसर्थ ऋण तिर्न नसकेपछी परियोजना नै चिन सरकारलाई जिम्मा लगाउनु पर्ने हुन्छ । यस्तो लगानीको बाध्यकारी परिबन्धले एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रलाई औपनिवेसिकरण तिर धकेल्न सक्छ । यस्तो गम्भीर बिषयलाई नेतृत्वले बड़ो सहजतापुर्वक स्विकारेको देखिन्छ । जुन कि आम जनताको लागि पीड़ादायक छ । चिन सरकारले सो रेल वे निर्माण हुने क्षेत्रमा ठुलो मात्रामा तामा, फलाम, कोवाल्ट, सुन, लिथियम जस्ता बहुमुल्य खनिज पदार्थ रहेको पत्ता लगाए पछी नेपालले प्रस्ताव गरेका अरु रेल वे रुटलाई प्रयोग नगरी केरुङ्ग–काठमाण्डौ र सगरमाथा सुरुङ्ग मार्गलाई चिनिया पक्षले प्रस्ताव गरेको हो ।
वातावरणिय हिसावले पनि यी प्रस्तावित दुवै रेलमार्ग निर्माण गर्दा धेरै असरहरु पर्न जाने देखिन्छ । त्यस क्षेत्रका धेरै वनजंगल विनाश भएर जानेछन्, गैर कानुनी वन्य जन्तुको तस्करी हरुको लागि यी रेल वे रुट तस्करी रुट बन्न सक्ने खतरा पनि रहेको छ । प्रस्तावित केरुङ्ग–काठमाण्डौ अन्तरदेशिय रेलमार्ग विस्तृत अध्ययन र डि.पि.आर. छिटो बुझाउन चिनले नेपाललाई बारम्बार दवाव दिईरहेको छ ।
केरुङ्ग–काठमाडौ, काठमाडौ–पोखरा र पोखरा लुम्बिनी रेलमार्गको डि.पी आर छिटो तयार पार्न चिनले नेपाल सरकारलाई दबाब दिईराखेको छ । यसबाट पनि चिन सरकारले नेपालको आन्तरिक आर्थिक मामिलामा हस्तक्षेप गरिरहेको छ । नेपाल चिन रेल वे परियोजना पछी गएर नेपालको लागि घातक पनि बन्न सक्छ यि रेल वे परियोजनाले नेपालको वातावरणीय प्राकृतिक सन्तुलनमा गम्भिर असर पुर्याउन सक्छ भने हाम्रो जस्तो मुलुकलाई थेग्न नसक्ने आर्थिक भार हुन जान्छ । यिनै रेल वे प्रोजेक्टहरुबाट नेपालले प्राकुतिक विपतीको पनि सामना गर्नुपर्ने हुन्छ । तसर्थ यस्ता परियोजना स्वीकार गर्दा नेपाल सरकार ले हतार गर्न नहुने बिशेसज्ञ हरुको सुझाव रहदै आइरहेको छ ।
तर रत्तिभर पनि राष्ट्रीय चिन्तनमा ध्यान दिन नसक्ने राजनीतिक दल र तिनका बिदेशी दलालहरुले आफ्नो कमीशन प्राप्तिलाई मात्र सर्वोपरि राख्ने प्रयत्न गर्दछन । जसले नेपालको सार्वभौमिक स्वतंत्रता माथी गम्भीर आक्रमण को रुपमा बुझ्न जरुरी छ । एक एक सर्व साधारण यस बिषयमा गहन बिचार पुर्याउन जरुरी छ । हिंदू राष्ट्र नेपाल लाई षड़यन्त्र पुर्वक धर्म निरपेक्ष बनाएको प्रति जनता आक्रोशित रहेकोले पनि अहिले सताधारी दलकै नेताहरुले यसमा पुनर्विचार का लागि आवाज उठाउन थालेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।